नेपालमा २ लाख रुपैयाँ हाराहारीका उत्कृष्ट विद्युतीय स्कुटरहरू: नेपालमा विद्युतीय सवारी साधनको लोकप्रियता दिनप्रतिदिन बढ्दै गएको छ ।
वातावरणीय सचेतना, इन्धनको मूल्यवृद्धि, र विद्युतीय गाडीहरूमा सरकारको कर छुटको नीतिका कारण नेपाली बजारमा विद्युतीय स्कुटरहरूको माग बढ्दो क्रममा छ ।
हाल नेपाली बजारमा २ लाख रुपैयाँ हाराहारीका केही उत्कृष्ट विद्युतीय स्कुटरहरू उपलब्ध छन् ।
यस लेखमा, हामीले तीन प्रमुख विद्युतीय स्कुटरहरूलाई हेर्नेछौं Luyuan MNK3, Tailg Tiger, र Sunra K5 ।
यी तीनवटा स्कुटर हेर्नुभयो वा टेस्टराइड गर्नुभयो भने बजारका अन्य स्कुटर खोज्दै हिड्नु जरुरी नपर्ला ।
१) Luyuan MNK3 Luyuan
चीनको प्रसिद्ध विद्युतीय सवारी साधन निर्माता हो र यसले विश्वभर ८० भन्दा धेरै मुलुकहरुमा विभिन्न प्रकारका विद्युतीय स्कुटरहरू बिक्रि गर्छ ।
नेपालमा पनि यसले करिब ५ बर्ष देखि आफ्ना उत्पादनहरु बिक्रि गर्दै आइरहेको छ ।

योे नेपालमा सबै भन्दा धेरै सर्भिस सेन्टर सहित व्यवसाय गरिरहेको विद्युतीय स्कुटर कम्पनी हो ।
यसको काठमाण्डौं उपत्यकामा मात्र ९ स्थानमा सर्भिस सेन्टर रहेको छ ।
प्रमुख विशेषताहरूः ब्याट्री प्रकारः ग्राफिनी ब्याट्री (लिथियम आयन पनि विकल्पमा छ) मोटर क्षमताः 2800 वाट पिक (लिक्वीड कुल्ड, जसको कारण अन्य एअर कुल्ड मोटरको दाँजोमा तान्ने क्षमता निक्कै बढी हुन्छ ।
रेन्जः एक पटकको फुल चार्जमा करिब 80-100 किलोमिटर यात्रा गर्न सकिन्छ ।
चार्ज समयः 4-6 घण्टा गतिः अधिकतम 65 किलोमिटर प्रतिघण्टा डिजाइनः स्पोर्टी लुक, आधुनिक एलईडी हेडलाइटहरू, डिजिटल ड्यासबोर्ड, १७० एमएम ग्राउण्ड क्लियरेन्स ।
मुल्यः १ लाख ९२ हजार ६ सय मात्र दशैं स्किमः रु. १० हजार नगद छुट छुटपछिको मुल्य : रु. १,८२,६००/- अन्य सुविधाः विमा, कर, यातायात खर्च सबै कम्पनीले तिरिदिने सम्पर्कः मुख्य शोरुम, नागपोखरीमार्ग, नक्साल, काठमाण्डौं सम्पर्क नं. : ०१–४५४०४४५/९८५१०४६४०९ विशेषताहरूको समीक्षा : Luyuan MNK3 झट्ट हेर्दा पेट्रोल भेरियन्टको जस्तो देखिने यसको स्पोर्टी डिजाइन र आरामदायक सिटले युवाहरूलाई आकर्षित गर्दछ ।
कम मर्मत खर्च र लिक्विड कुल्ड मोटरका कारण यो विद्युतीय स्कुटर बजारमा निकै लोकप्रिय हुँदै गएको छ ।
मोटरको क्षमता कम हुँदाहुँदै पनि तान्ने क्षमता बढी भएको, गुणस्तरीय र बिक्रिपछिको राम्रो सेवा भएको कारण पनि अहिले यसको माग निक्कै बढेको छ ।
यसले ८० किलो वजन भएका दुइजना व्यक्तिलाई काठमाण्डौंको व्हाइटगुम्बा जाने उकालो बाटोमा सजिलै तान्न सक्छ ।
२) Tailg Tiger Tailg
चिनियाँ ब्राण्ड हो जसले उच्च गुणस्तरीय विद्युतीय सवारी साधन उत्पादन गर्छ ।
Tailg Tiger नेपालमा २ लाख रुपैयाँ हाराहारीको सेग्मेन्टमा सम्भवतः नेपालमा सबैभन्दा बढी बिक्रि भएको विद्युतीय स्कुटर हो ।

प्रमुख विशेषताहरू : ब्याट्री प्रकारः ग्राफिनी ब्याट्री मोटर क्षमताः 2800 वाट rated, 4500 वाट पिक रेन्जः 90-110 किलोमिटर प्रति चार्ज चार्ज समयः 5-6 घण्टा गतिः अधिकतम 45-50 किलोमिटर प्रतिघण्टा डिजाइनः सरल र क्लासिक, आरामदायक सिट, एलईडी हेडलाइटहरू मुल्यः रु. २ लाख १७ हजार छुटः रु. ७ हजार छुटपछिको मुल्यः रु. २,१०,०००÷– अन्य सुविधाः विमा, कर, यातायात खर्च सबै कम्पनीले तिरिदिने ।
सम्पर्कः मुख्य शोरुम, नारायणचौर, नक्साल सम्पर्क नं. : ०१–४५३१८५५ विशेषताहरूको समीक्षाः Tailg Tiger विशेष गरी सहरको भीडभाडयुक्त सडकमा प्रयोग गर्न डिजाइन गरिएको हो ।
यसको सरल र क्लासिक डिजाइनले यसलाई आकर्षित बनाएको छ । यसका काठमाण्डौं उपत्यकाका तीनैवटा जिल्लामा सर्भिस सेन्टरहरु रहेका छन् ।
३) Sunra K5 Sunra
विद्युतीय सवारी साधन उत्पादनमा अगाडि रहेको चिनियाँ ब्राण्ड हो, र यसले नेपालको बजारमा उत्कृष्ट विद्युतीय स्कुटरहरू उपलब्ध गराएको छ ।

Sunra K5 पनि दुई लाख रुपैयाँ भन्दा कम मुल्य पर्नेमध्ये लोकप्रिय मोडेल हो । प्रमुख विशेषताहरूः ब्याट्री प्रकारः ग्राफिनी ब्याट्री मोटर क्षमताः 4000 वाट पिक पावर रेन्जः 80-100 किलोमिटर प्रति चार्ज चार्ज समयः 4-6 घण्टा गतिः अधिकतम 60 किलोमिटर प्रतिघण्टा डिजाइनः स्लिक र आकर्षक, डिजिटल डिस्प्ले, डिस्क ब्रेक, १२ इन्च व्हिल आदि ।
मुल्यः रु. १ लाख ८९ हजार मात्र छुटः रु. १० हजार+ छुटपछिको मुल्यः रु. १,७९,००० सम्पर्कः मुख्य शोरुम, गैरीधारा चोक, नक्साल सम्पर्क नं. : ९८०१११२८९६ / ९८०१२३३०३० विशेषताहरूको समीक्षाः निक्कै आकर्षक डिजाइन, प्रिमियम लुक्स, कम मुल्य ।
नेपालको विद्युतीय सवारीसाधन बजारमा २ लाख रुपैयाँ हाराहारीका Luyuan MNK3, Tailg Tiger, र Sunra K5 जस्ता स्कुटरहरूले उपभोक्ताहरूलाई बजेटअनुकूल, वातावरणमैत्री र आधुनिक प्रविधिका फिचरहरु प्रदान गरिरहेका छन् ।
यी स्कुटरहरू सस्तोमा राम्रो गुणस्तरका पनि छन् । सस्तो भन्दैमा लोकल क्वालिटि चाहिँ होइन ।
रु. २ लाखको हाराहारीको वजेटमा यदि कुनै स्कुटर खोज्दै हुनुहुन्छ भने तपाइले यी माथि उल्लेख गरेका स्कुटरहरु मध्ये कुनै एउटा रोज्न सक्नुहुनेछ ।
Visit homepage : www.eautonepal.com