दिगोको ४ दिने अटो कार्निभल सुरु

विद्युतिय सवारीसाधनको प्रबद्र्धनमा अग्रणी भूमिका खेल्दै आएको दिगो ग्रुपले आज बाट भाद्र २२ गतेसम्म बल्खुको मोर्डन पार्टी प्यालेसमा दिगो अटो कार्निभलको आयोजना गरेको छ ।

कार्यक्रमको उद्घाटन दिगोका संस्थापक राजन रायमाझी र दिगोको सेल्स पार्टनर ग्रीन अटोमोबिल्सका प्रबन्धक प्रविन खतिवडाले रिबन काटेर गरे ।

यस कार्निभलको मुख्य आकर्षण स्पट एक्सचेन्ज कार्यक्रम रहेको छ ।

कार्निभलमा पुराना सवारीसाधनलाई नयाँ बिद्युतिय सवारीसाधनसँग एक्सचेन्ज गर्न सक्ने सुविधा पाउनेछन् ।

यस अवसरमा दिगो ग्रुपले सहभागीहरूलाई विशेष नगद छुट, थप मूल्याङ्कन, र सरल वित्तीय योजनाहरू जस्ता विभिन्न आकर्षक प्रस्तावहरू उपलब्ध गराउने जनाएको छ ।

उद्घाटन समारोहमा दिगोका संस्थापक राजन रायमाझीले यस्तो कर्निवल विद्युतिय सवारीसाधनको लागि नेपालमा पहिलो पटक आयोजना भएको भन्दै आफ्नो ग्राहकलाई सहज बनाउन आगामी दिनमापनि दिगोले यस्तै कार्यक्रम गर्दै आउने जनाए ।

दिगो ग्रुपले बिगत ६ वर्ष देखि नेपालमा विद्युतिय ११ सिटर भ्यान देखि ३० सिटर बससम्म बिक्रि वितरण तथा सर्विस प्रदान गर्दै आएको छ ।

गाडीको बिक्रि बाहेक दिगोले चार्जरको बिक्रि वितरण र सर्विस, विद्युतिय गाडी भाडामा दिने र राजमार्गमा सबैभन्दा ठुलो चर्जिङ्ग स्टेशनको साथ् रेस्टुरेन्ट, सार्वजनिक सौचालय, सपिङ्ग मार्ट र विद्युतिय सर्विस सेन्टर जस्ता सुविधा दिदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *