डोङफेङ नामीको अत्याधुनिक शोरुम खुल्ने

काठमाडौंको नक्सालमा डोङफेङ नामीको अत्याधुनिक शोरुम खुल्ने भएको छ । आगामी अक्टोबरको अन्त्यमा उक्त शोरुम तयार हुनेछ ।

हालका लागि नक्सालमा अवस्थित सेरेस शोरुमसँगै रहेको स्थानमा ग्राहकले नामीको टेस्ट ड्राइभ गरी यसको फरकपना अनुभव गर्न सक्ने कम्पनीको भनाइ छ ।

नेपालमा नामीको आधिकारिक वितरक एमएडब्लु ग्रुप हो र यो देशको सबैभन्दा ठूलो र प्रतिष्ठित अटोमोटिभ ग्रुप हो ।

यामाहा, जिप, दिपल, फोटोन, सेरेस, स्कोडा, सोकोन र अन्य विभिन्न ब्रान्डको कारोबार गर्दै आएको सो ग्रुपले गुणस्तरीय र ग्राहक सन्तुष्टिमा प्रतिबद्धताका साथ लगातार रुपमा बजारको नेतृत्व गरिरहेको छ ।

नेपालभर डोङफेङ नामीको डिलर नेटवर्क विस्तार कार्य तीव्र रुपमा भइरहेको छ । काठमाडौं उपत्यकामा ललितपुरको थसिखेल, भक्तपुर र नयाँ बजारमा डिलर स्थापित भइसकेको छ ।

उपत्यका वाहिर पोखरा, चितवन, विराटनगर, नेपालगन्ज र बुटवलमा नेटवर्क विस्तार भएको छ भने दाङ, धनगढी र विर्तामोडमा विस्तार गर्ने योजना छ ।

हालै सम्पन्न नाडा अटो शो २०२४ मा डोङफेङ नामीले अवलोकनकर्ताहरुबाट उत्साहपूर्ण प्रतिक्रिया पाएको थियो । यसको इनोभेटिभ फिचर, लक्जरियस इन्टेरियर र एड्भान्स्ड टेक्नोलोजीका कारण ग्राहकहरुबाट निकै नै प्रशंसा र माया पाएको थियो ।

BAW

प्रिमियम इलेक्ट्रिक मोबिलिटी उपलब्ध गराउने ब्रान्डको प्रतिबद्धताका कारण डोङफेङ नामीले व्यापक रुपमा प्रशंसा पाइरहेको छ र नेपाली अटोमोटिभ बजारमा यसले नयाँ बेन्चमार्क सेट गर्ने विश्वास गरिएको कम्पनीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *