नाडाको पहिलो दिनमै १०० युनिट भन्दा बढी बुकिङ लिएर बिक्री सुरु भएको टाटा पन्च ईभीको ४ दिनमा ३२८ युनिट बुकिङ भएको छ ।
टाटा पन्च ईभीको स्टलमा आज पनि भीडभाड छ भने भोलि अन्तिम दिन पनि उपभोक्ताहरुको बाक्लो उपस्थिति रहने टाटाको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङका प्यासेन्जर भेइकल बिजनेस युनिटका प्रमुख सावन्त जंग सिजापतिले बताए ।
टाटा पन्च ईभी शुरुवाति मूल्य ३३ लाख ९९ हजार रुपैयाँमा सार्वजनिक गरिएको हो । यो सुरुवाती भेरिएन्टमा पनि ग्राहकहरुले सनरुफको आनन्द लिन सक्छन् ।
यो मूल्य नाडासम्मलाई मात्र रहेको र पछि बढ्ने कम्पनीले जनाएको छ। साथै नाडामा गाडी किन्ने ग्राहकहरुलाई सिप्रदीको चार्जिङ स्टेशनमा निःशुल्क चार्जिङको पनि घोषणा गरिएको छ ।
नाडा अटो शो २०२४ मा सहभागी धेरै कम्पनी र उनीहरुले डिस्प्ले गरेका विभिन्न मोडलका गाडीहरु मध्ये सर्बाधिक आकर्षण मानिने स्टल टाटाको स्टल समेत रहेको छ ।
टाटाले हालै नेपाली बजारमा सार्वजनिक गरेको पन्च ईभीले विशेष चर्चा पाइरहेको छ ।