टाटा.ईभी नाडा अटो शोमा अफरै अफर

दुई दशकभन्दा बढीको आफ्नो निरन्तरतालाई कायम राख्दै नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले
आयोजनामा संचालितनेपालकै ठुलो शो टाटा.ईभी नाडा अटो शो काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी स्थलमा विभिन्न कम्पनीहरुले अफरै अफर ल्याएको छ ।

यो वर्ष, पहिलेभन्दा भव्य र प्रभावशाली भएकोले गर्दा आगन्तुकहरूको व्यापक भिडभाड रहेको छ ।

यस वर्षको प्रदर्शनीमा २४ चारपांग्रे ब्रान्डहरू, १९ दुईपांग्रे ब्रान्डहरू र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरूका साथै लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूका विशेषज्ञहरुको ३३ कम्पनीहरू रहेका छन् भने ७ वित्तीय संस्थाहरू समेत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *