अटोमोवाइल कम्पनीको रोजाइमा – एटिएस एल्गी

अटोमोवाइल वर्कशप उपकरणको कारोवारमा कहलिएको नाम हो हिट्को प्रालि । सन् १९८४ देखी वर्कशप इक्विपमेन्ट र उद्योगमा प्रयोग हुने कम्प्रेसर बिक्री गर्दै आएको यो कम्पनीले आफ्नो ४ दशक लामो व्यावसायिक यात्रामा निकै ठूलो फड्को मारेको छ ।

यो कम्पनीलाई विगतदेखी नै प्रदिपमान प्रधानले नेतृत्व गरिरहेका छन् । वर्कशप उपकरणको अलवा कम्पनीले कम्प्रेसर, मटेरियल ह्यान्डलिङ इक्विपमेन्ट, फायर एक्सटिङ्गुइसर, दमकल, पार्किङमा प्रयोग हुने उपकरण र भेहिकलको फिटनेस टेष्टमा प्रयोग हुने सामग्री समेत आयत गरी कारोवार गर्छ । 

वर्कशप उपकरणमा हिट्को प्रालिको उपस्थिती कस्तो छ ?
हिट्को प्रालिले हाल वर्कशप उपकरणमा भारतको एटिएस एल्गी र कम्प्रेसरमा एल्गी ब्रान्डलाई आयत गरि विक्री गरिरहेको छ । साथै हामीले टु–ह्विलर वर्कशपमा प्रयोग हुने उपकरणको पनि कारोवार गर्दै आएका छौ । भारतको सवैभन्दा ठूलो इक्विपमेन्ट उत्पादक कम्पनी भएका कारण एटिएस एल्गीलाई प्राय सवैजसो ब्रान्डले आफ्नो आधिकारिक सर्भिस सेन्टरमा प्रयोग गर्नका लागी सिफारिस गरेका छन् । जसको प्रभाव स्वरुप नेपाली बजारमा समेत यो ब्रान्डले आफ्नो क्षेत्रमा राम्रो बजार र प्रतिक्रियाहरु पाइरहेको छ ।

नेपालका सबैजसो अटोमोवाइल कम्पनीको रोजाइमा एटिएस एल्गी नै पर्ने गरेको छ, यसको पछाडी खास कारण के हुनसक्छ ?
नेपाली बजारमा बिक्री हुने प्राय सवैजसो सवारी ब्रान्डले आफ्नो वर्कशपमा एटिएस एल्गीकै उपकरण प्रयोग गर्ने गरेका छन् । अत्याधुनिक प्रविधी, वलियो एवं टिकाउ र पुरानो ब्रान्ड भएका कारण नेपाली अटोमोवाइल व्यावसायीको रोजाइमा यो ब्रान्ड परेको हो । साथै हामीले उपलब्ध गराउँदै आएको छिटो छरितो र प्रभावकारी सेवा जस्ता कारणले पनि एटिएस एल्गीको पहिचानलाई उँचो बनाएको छ । हामीले हाल देशका विभिन्न स्थानमा सम्पर्क कार्यलय खोलेर ग्राहकलाई विक्री पछिको सेवा र जेन्यूईन पार्ट्स उपलब्ध गराइरहेको छ ।

बजारमा विभिन्न कालखण्डमा नयाँ नयाँ ब्रान्डका उपकरणहरु आएपनि पुरानो र विश्वासिलो एवं अत्याधुनिक प्रविधीयुक्त विशेषताका कारण एटिएस एल्गीको माग निकै राम्रो छ । वर्कशप इक्विपमेन्टको क्षेत्रमा यो ब्रान्ड एक्लैले ८० प्रतिशत भन्दा वढी हिस्सा ओगटेको छ । उच्च गुणस्तर र उत्कृष्ट बिक्री पछिको सेवा उपलब्ध गराएकै कारण एटिएस एल्गी र हिट्को दुवैको नाम यो क्षेत्रमा निरन्तर चम्किरहन सफल भएको हो ।

एटिएस एल्गीका के–कस्ता उपकरण नेपाली बजारमा उपलब्ध छन् ?
अटोमोवाइल प्रविधीमा आएको परिवर्तनसंगै एटिएस एल्गीले आफ्ना उत्पादनलाई पनि स्तरोन्नती गर्दै लगेको छ । नयाँ प्रविधीका सवारी साधनको मर्मतसम्भारमा नयाँ र विशेष फिचरयुक्त उपकरण प्रयोग गर्नुपर्ने हुन्छ । सोही विषयलाई मध्येनजर गर्दै कम्पनीले आफ्नो उत्पादनमा समयसापेक्ष परिवर्तन गर्दै लगेको छ ।

एटिएस एल्गीसंग हाल सवै प्रकारका अत्याधुनिक पोष्ट, पेन्ट वुथ, ह्विल अलाइनर, व्यालेन्सर, टायर चेन्जर, एसी रिकोभरी, अटोमेटिक कार वासर र अन्डर वडी वासिङ किट लगायतका उपकरण उपलब्ध छन् । पछिल्लो समय अटोबजार इलेक्ट्रिक भेइकलमा सिफ्ट भएसंगै कम्पनीले इभीकै लागी भनेर विशेष प्रकारका उपकरण र अन्य सामाग्रीको उत्पादन समेत गरिरहेको छ । ती उपकरण र सामाग्री विस्तारै नेपाली बजारमा समेत आउने क्रममा छन् ।

इभी वर्कशपका लागी कम्पनीसंग अहिले के–कस्ता उपकरण उपलब्ध छन् ?
बजार इभीमा सिफ्ट भएसंगै कम्पनीले एड्भान्स सिस्टमको ह्विल अलाइनमेन्ट सिस्टम, ब्याट्री ट्रे, हाइभोल्टेज टुल्स र एसी रिकोभरी जस्ता उपकरण ल्याएको छ । यी उपकरणहरुलाई भारतमा टाटा, एमजी, किया र महिन्द्रा जस्ता ठूला ब्रान्डले प्रमाणित गरिसकेका छन् भने अन्य कम्पनीले पनि छलफल अघि वढाएका छन् ।

साथै कम्पनीले ईभीकै लागी भनेर हाई भोल्टेजमा चल्ने विशेष प्रकारको इलेक्ट्रिक टुल्स र हाईटेक फिचर भएको नयाँ विशेषतायुक्त एसी रिकोभरी मेसिन पनि ल्याउने तयारी थालेको छ ।

भारत र चीनबाट आउने इभीमा छुट्टाछुट्टै एसी रिकोभरी प्रयोग हुने कारण कम्पनीले दुवै देशका उत्पादनमा प्रयोग गर्न मिल्ने नयाँ प्रविधीको एसी रिकोभरी ल्याउने तयारी थालेको छ ।

भारतबाट आउने ईभीमा ‘१३४ ए’ ग्यास लाग्ने गरेकोमा चीनबाट आउनेमा नयाँ ग्यास ‘१२३४ वाइएफ’ लागेर आएका कारण नयाँ उपकरण ल्याउनु परेको हो । चीन र अमेरिका लगायत देशमा एउटै मेसिनबाट दुवै ग्यास भर्न सकिने विशेषता भएका कारण भोलिका दिनमा एटिएस एल्गीले पनि यस्तै मेसिनको उत्पादन गर्ने अपेक्षा गर्न सकिन्छ ।

एसेम्वल उद्योगमा खपत कस्तो छ ?
नेपालमा खुलेका सवैजसो टु ह्विलर एसेम्वल उद्योगमा केही न केही मात्रा भएपनि एटीएस एल्गीको उपकरण प्रयोग भएको छ । हुन्डाइले नेपालमा संचालनमा ल्याउन लागेको एसेम्वल उद्योगमा यहि ब्रान्डको धेरै उपकरण सप्लाई भइरहेको छ । एसेम्वल उद्योगमा प्रयोग हुने उपकरणमा उत्पादक कम्पनीले पनि मूल्यमा केही छुट दिएका कारण कम्पनीलाई काम गर्न सहज भएको हो ।

साथै हामीसंग भेइकल फिटनेस सेन्टरमा प्रयोग हुने उपकरण पनि उपलब्ध रहेको छ । यसमा साना र कमर्सियल दुवै सेग्मेन्टमा एटिएस एल्गीसंग सामान छ ।

सरकारले अहिले सातवटै प्रदेशमा यस्ता सेन्टर संचालन गर्ने निती लिएका कारण यसमा पनि हामी तयारीका साथ लागि परेका छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *