यातायात व्यवसायीको करिब १ अर्ब नोक्सानी

बुटवल–नारायणगढ सडककै कारण यातायात व्यवसायीको करिब १ अर्ब बढी नोक्सानी भएको हुनसक्ने अनुमान गरिएको पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले जानकारी दिए।

‘एकिन तथ्यांक त छैन, तर सबै तिरका व्यवसायीहरूको अवस्था देख्दा एक अर्बभन्दा बढी नोक्सानी भएको आकलन गरिएको छ।’

उनले नयाँ गाडी खरिद गरेको एक वर्षभित्रै इन्जिन बदल्नुपर्ने पीडा यातायात व्यवसायीले खेप्नुपरेको गुनासो गरे।

‘करोडौं खर्चेर नयाँ बस खरिद गर्ने हो तर सरकारले बाटो राम्रो नबनाउँदा लगानी डुबेको छ’, खरेल भन्छन्, ‘बढीमा दुई घण्टाको बाटो अहिले कम्तीमा ६ घण्टा लाग्छ।’

नयाँ बसको आयु कम्तीमा २० वर्ष भए पनि यही सडकका कारण बढीमा ६ वर्ष नटिकेको उनले सुनाए। पूर्व–पश्चिम महेन्द्र राजमार्गको बुटवल मध्यखण्ड हो।

पश्चिम नेपाल बस व्यवसायी प्रालि नेपालकै सबैभन्दा ठूलो यातायात कम्पनी हो।

यहाँबाट देशभरका लागि सवारीसाधनहरू आउजाउ गर्छन्। सडककै कारण यातायात क्षेत्रमा लगानी विस्तार गर्नेहरूसमेत निराशा बनेको अध्यक्ष खरेलले प्रतिक्रिया दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *