एमजीमा ८० प्रतिशत फाइनान्स सुविधा

एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले इलेक्ट्रिक मोबिलिटीको पहुँच बढाउनका लागि नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) सँग सहकार्यको घोषणा गरेको छ ।

सो सहकार्य अनुसार नेपाली उपभोक्ताले एमजी मोटरका इलेक्ट्रिक सवारी साधन किन्नका लागि बैंकबाट ८० प्रतिशत सम्म फाइनान्स सुविधा पाउने छन् ।

एमजी जेडएस ईभी, एमजी फोर ईभी र एमजी कोमेट  ईभी लगायतका एमजी ईभी किन्न चाहने ग्राहकले एनआईएमबीका विभिन्न ब्रान्चहरुबाट फाइनान्स सुविधा प्राप्त गर्नेछन् ।

प्रतिस्पर्धी ब्याजदर, लचिलो नियम र सहज प्रक्रिया सहित बैंकले सुविधा उपलब्ध गराउने बताइएको छ ।

 बेस रेटमा वार्षिक १ प्रतिशत मात्र बढी ब्याजदर लिइने छ । यस अनुसार शुरुमा इलेक्ट्रिक कारको मूल्यको २० प्रतिशत रकम मात्र डाउन पेमेन्टको रुपमा बुझाउनु पर्नेछ ।

पारामाउन्ट मोटर्सले एनआईएमबीसँगको सहकार्यमा ग्राहकलाई सहज रुपमा फाइनान्स सुविधा सहित अटो लोन उपलब्ध गराउन पाउँदा खुसी व्यक्त गरेको छ ।

नेपालमा सस्टेनेबल र एड्भान्स्ड मोबिलिटी सोलुसन उपलब्ध गराउने कम्पनीको भिजनसँग मिल्ने गरी यस प्रकारको फाइनान्स सुविधा उपलब्ध गराएको कम्पनीको भनाइ छ ।

एनआईएमबीले नेपाल राष्ट्र बैंकको गाइडलाइन बमोजिम ग्राहकमैत्री फाइनान्स सुविधा उपलब्ध गराउने बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *