Skip to content
यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले एमटी–१५ भर्सन–२ को बुकिङ खुल्ला गरेको छ ।
सो नयाँ मोटरसाइकल आगामी नाडा अटो शोमा औपचारिक लन्च हुने र लगत्तै ग्राहकलाई हस्तान्तरण हुने अनुमान गरिएको छ ।
एमटी–१५ यामाहाको चर्चित न्याकेड स्पोर्ट्स मोटरसाइकल हो ।

यसअघि रेगुलर एमटी–१५ बिक्री गर्दै आएकोमा हाल यसको अपग्रेडेड भर्सनका रुपमा भी२ मोडल नेपाल आउन लगोको हो ।
एमटी–१५ भी२ मा रेगुलर भर्सनमा जस्तै १५५ सिसी क्षमताको इन्जिन जडान गरिएको छ । उक्त इन्जिनले १८.५ पिएस पावर र १४.१ एनएम टर्क जेनेरेट गर्दछ ।
सो नयाँ मोटरसाइकलको हेड लाइटलाई अपडेट गरिएको छ भने गोल्डन फ्रन्ट फोर्क र नयाँ सस्पेन्स सिस्टमसहित केही नयाँ फिचर थप गरिएको छ ।
साथै यसमा डुअल च्यानल एबिएस, ट्रयाक्सन कन्ट्रोल सिस्टम र एसिस्ट एन्ड स्लिपर क्लच लगायत फिचर राखिएको छ ।
कम्पनीले यसको मूल्य ५ लाख ५० हजार रुपैँया निर्धारण गरेर बुकिङ खुलाएको हो ।
एमटी–१५ भी२ लाई १३० किलोमिटर प्रतिघण्टा सम्मको उच्च स्पिडमा हाँक्न सकिने दाबी गरिएको छ ।
बाइकमा १० लिटर क्षमताको फ्यूल ट्यांक, ८१० एमएम सिट हाइट र १७० एमएम ग्राउन्ड क्लिरियन्स लगायत सुबिधा दिइएको छ ।
Post Views: 368