एसआरएमको आधिकारीक बिक्रेता पुजा कन्ट्रक्सनले कम मूल्यकाे ११ सिटे भ्यान बिक्री गर्ने भएको छ । कम्पनीले बिक्री गर्दै आएको ‘एक्स-३० एल’मा सानो साइजको ब्याट्री दिएर नेपाल ल्याउन लागेको हो ।
विशेषगरी तराई क्षेत्र र स्कुल बसलाई लक्षीत गरेर सानो साइजको ‘एक्स-३० एल’ मोडल नेपाल ल्याएको कम्पनीको भनाई छ ।
कम्पनीले ४१.८६ किलोवाट आवरको ब्याट्रीमा ‘एक्स-३० एल’ मोडल बिक्री गर्दै आएको थियो । त्यसको मूल्य ४५ लाख ५० हजार निर्धारण गरेर बिक्री गर्दै आएको हो ।
नयाँ सस्तो मोडलमा ३२.१४ किलोवाट आवरको ब्याट्रीमा आउने छ ।
एसआरएमका भ्यानहरु निकै आरामदायी रुपमा चलाउन सकिने र चाहिएको समयमा पावर पनि उत्कृष्ट प्रदान गर्ने भएको कारण अटोमेटीक एमपीभी चलाएको अनुभूती दिलाउँछ ।
यसमा ५० किलोवाट क्षमताको मोटर छ । यसले पीकटर्क २२० एनएम टर्क प्रदान गर्छ ।
‘एक्स-३० एल’ माइक्रो भ्यानमा दिइएको १८० एमएमको ग्राउन्ड क्लियरेन्स र १०० किलोमिटर प्रतिघन्टाको टप स्पीडले जस्तोसुकै बाटोमा पनि सहजै चलाउन सकिन्छ ।
यो विद्युतीय माइक्रो भ्यानको लम्बाई ४४९५ एमएम, चौडाई १६८० एमएम र उचाई १९९० एमएम रहेको छ । १४ इन्चको ह्वील साइज रहेको भ्यानमा ११ जना यात्रुले आरामदायी रुपमा यात्रा गर्न सक्ने छन् । यसलाई फास्ट चार्ज गर्न जिवी/टी चार्जिङ पोर्ट दिइएको छ ।
यसलाई नाडा अटो शो २०२४ मा शोकेस गर्ने तयारी भइरहेको कम्पनी स्रोतले जानकारी दियो ।
यसको मूल्य ३५ लाख हाराहारी पर्ने अनुमान गरिएको छ ।