अहिले ग्यारेज चलाउन सक्ने भएको छु

 – सरिता पासवान
सेवा अटोमोबाइल, नयाँ बस्ती, जोरपाटी

हाम्रो सेवा अटोमोबाइल्समा चारपाङ्ग्रे लाइट भेइकलको सम्पूणर् काम हुन्छ । अहिले हामीले यो सर्भिस सेन्टरबाट धेरैलाई सेवा दिएका छौं भने हाम्रो परिवार पनि यसबाट पालिएको छ ।

तर, यो अवस्थामा आइपुग्नका लागि मैले निकै संघर्ष गरेको छु । यसमा मेरो श्रीमान्ले मलाई साथ दिनुभएको छ ।

म तराईतिरको महिला हुँ । श्रीमान् काठमाडांैमा काम गर्दा म तराईमा बच्चा हुर्काएर बसेको थिएँ । बच्चाहरु अलि ठूला भएपछि म पनि काठमाडौं आएँ ।

मेरो श्रीमान् त्यो बेला अटो सर्भिस सेन्टरमा काम गर्नुहुन्थ्यो । रुममा आउँदा हात कालो बनाएर आउनुहुन्थ्यो ।

म उहाँसँग कामका बारेमा सोध्थें । बिस्तारै कुरा बुझेपछि के यो काम छोरी मान्छेले चाहिं गर्नु हुँदैन ? भनेर मैले प्रश्न गरें । उहाँले हुन्छ, फरक पर्दैन भन्नुभयो ।

अनि मैले पनि श्रीमान्ले काम गर्ने सर्भिस सेन्टर बौद्ध अटोकेयरमा त्यहाँको मालिकसँग काम सिकेर गर्ने चाहना राखें ।

उहाँले पनि हुन्छ, सिकेर काम गर भन्नुभो । सुरुमा इन्जिनको काम सिकें । गाडीमुनि सुतेर काम गर्ने काम जटिल थियो । त्यही भएर मैले पछि पेन्टिङको काम सुरु गरें ।

म एउटा घुम्टोभित्र बसेको महिला हो । म कोहीसँग नबोल्ने महिला, अहिले यो काम गर्न सफल भएको छु ।

म गाउँमा पनि जंगल गएर दाउरा काटेर ल्याएर बजारमा बेचेर गुजारा चलाउँथें । त्यस्तो मान्छे अहिले ग्यारेज चलाउन सक्ने पनि भएको छु भने काम गरेर खान सक्ने पनि भएको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *