एमजीमा प्राविधिक समस्याका कारण श्रीमती प्रधान गम्भीर घाइते

नेपालमा एमजी ब्रान्डका गाडी बिक्री गरिरहेको कम्पनी पारामाउन्ट मोटर्सका विद्युतीय गाडीमा नेपालमा थप समस्या देखिए पनि निर्बाधरूपमा बिक्री भइरहेको छ ।

यही असार १८ गते मंगलवार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अराइभलतर्फको भन्सार गेटनजिक बागमती प्रदेश ०१–०२७ च १५९० नम्बरको एमजी ब्रान्डको जेडएस भेरियन्टको कार ब्याक गर्ने क्रममा एकाएक रोक्नै नसक्ने गरी अगाडि बढेको थियो ।

एमजी विद्युतीय गाडी ब्याक गर्दा अगाडि बढेर अर्को गाडीमा ठोक्किएको थियो,  ठूलो आवाजका साथ ठोक्किँदासमेत गाडीमा भएको एयरब्याग खुलेको थिएन ।

एयरब्याग नखुल्दा कारमा सवार पूर्व रक्षामन्त्री भिमसेनदास प्रधानकी श्रीमती विद्या बनमाली प्रधान गम्भीर घाइते भएकी थिइन् ।

यसलाई प्राविधिकहरूले गम्भीर किसिमको समस्या भनेका छन् ।

विश्वका अन्य मुलुकहरूमा आगलागी हुँदा वा दुर्घटना हुँदा नै सरकारले छानबिन गरेर गाडीको बिक्री-वितरण नै बन्द गराउँछ ।

तर, नेपालमा भने कानुन अभाव भन्दै प्राविधिक समस्याको विषयमा गुनासो आउँदा समेत छानबिन गर्न नसकिएको यातायात व्यवस्था विभागका मेकानिकल इन्जिनियर सञ्जय कुमार थिङले बताए ।

देशमा कानुन अभावको मौका छोपेर पारामाउन्ट मोटर्सले फेरि माज्दा कार समेत ल्याएर बिक्री गर्न थालेको छ ।

यो माज्दा ब्रान्डको कार समेत विश्वका धेरै देशहरूमा फेल भएको कार हो । विश्वका बजारमा फेल भएका गाडी सरकारले नै ल्याउन बन्द गर्नुपर्ने थियो ।

देशभरका २१ सोरुममार्फत एमजी ब्रान्डका कारहरू बिक्री गरिरहेको पारामाउण्ट मोटर्सका कारहरूको प्राविधिक अध्ययनमा यस गाडीमा अन्य गाडीको तुलनामा अनावश्यक आवाज आउने, इन्जिन कराउने साथै, बारम्बार मिसफायरको आवाज आउने, समयमा नै एयरब्याग नखुल्ने र ब्रेक भनेकै समयमा नलाग्नेजस्ता समस्याहरू रहेको प्राविधिक रिपोर्ट उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *