लुयान इलेक्ट्रिक स्कुटरको आधिकारिक बिक्रेता जीरो इमिसन राइड एनले ललितपुर र भक्तपुरमा नयाँ शोरुम विस्तार गरेको छ ।
कम्पनीले ललितपुरको सातदोबाटो चोकमा र भक्तपुरको सुर्यविनायक चोकमा शोरुम विस्तार गरेको हो ।
हालका दिनहरुमा ती स्थानबाट लुयानका स्कुटरको माग बढेकाले ग्राहकहरुको सुविधाको लागि शोरुम विस्तार गरिएको कम्पनीका सेल्स हेड शंकर शर्माले बताए ।
नयाँ शोरुम सँचालनको उपलक्ष्यमा कम्पनीले असार मसान्त सम्मको लागि हरेक स्कुटर खरिदमा १० हजारसम्मको नगद छुटको व्यवस्था गरेको छ ।
त्यसका साथै एउटा प्रिमियम हेलमेट तथा रेनकोट समेत निःशुल्क उपलब्ध गराउने भएको छ ।
चीनको प्रतिष्ठित ब्राण्ड हुनुको साथै विश्वका करिब ८० बढी मुलुकमा आफ्नो उत्पादन बिक्री गर्दै आएको लुयान ब्राण्डका स्कुटरहरु हाल नेपालमा पनि निक्कै रुचाइएको शर्माले बताए ।
उनका अनुसार गुणस्तरीय भइकन पनि अन्य प्रतिष्पर्धि ब्राण्डको तुलनामा मुल्य कम र बिक्रि पछिको सेवा राम्रो भएकाले पनि लुयानका स्कुटरको माग बढिरहेको छ ।
कम्पनीको काठमाण्डौंमा मात्र ९ ठाउँमा सर्भिस सेन्टर रहेको छ ।
लिक्विड कुल्ड मोटर भएको कारणले लुयानका स्कुटरको तान्ने क्षमता बढी हुने कम्पनीको दावी छ ।
लुयानका काठमाण्डौं उपत्यका बाहिर १३ स्थानमा नेटवर्क विस्तार भएको छ । नेपालका मुख्य शहरहरुमा यसका डिलर छन् ।