सिट्रोन गाडीको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्सले ८० प्रतिशतसम्म फाइनान्स सुबिधामा सिट्रोन सी३ को पेट्रोल भर्सन बिक्री गर्ने योजना ल्याएको छ ।
यो नयाँ स्किममा सी३ पेट्रोल कार खरिद गर्दा ग्राहकले २० प्रतिशत डाउनपेमेन्ट गरे पुग्ने जनाइएको छ ।
जसअनुसार ३६ लाख ५० हजार रुपैयाँ पर्ने यो कार किन्नका लागी ग्राहकले सुरुमा ७ लाख २० हजार रुपैयाँ भुक्तानी गरे पुग्छ ।
वाँकी रकमलाई भने सरल किस्तावन्दिमा भुक्तानी गर्न सकिनेछ ।
इलेक्ट्रिक कारको बर्चश्व बढ्दै गएको अटो बजारमा पछिल्लो समय पेट्रोलियम कारको बिक्री बढाउन बिभिन्न कम्पनीले आकर्षक स्किम ल्याएका छन् ।
सोही क्रममा सांग्रिला मोटर्सले पनि ईभीमा जस्तै २० प्रतिशत डाउनपेमेन्ट गरेर सी३ पेट्रोल भर्सन किन्न सकिने योजना ल्याएको हो ।
सिट्रोन सी३ मा १ हजार २०० सिसी क्षमताको पेट्रोल इन्जिन जडान गरिएको छ ।
उक्त इन्जिनले ८२ पीएस पावर र ११५ एनएम टर्क जेनेरेट गर्दछ भने इन्जिनलाई ५ स्पिड म्यानुअल ट्रान्समिसनसंग जोडिएको छ ।
फ्रन्ट ह्विल ड्राइभ सिस्टम भएको यो कारको टप स्पिड १४० किलोमिटर छ ।
यसले १ लिटर पेट्रलको खपतमा १९ किलोमिटर माइलेज दिने दावी गरिएको छ । साथै, सी३ को ग्राउन्ड क्लिरियन्स १८० एमएम छ ।
सिट्रोन सी३ मा १० इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ४ स्पिकर अडियो सिस्टम, एविएस, ईबीडी, डुअल एयरब्याग लागयत फिचर पाउन सकिन्छ ।
यूरो एनक्यापमा यसले सुरक्षाका लागी फोर स्टार रेटिङ पाएको छ ।