स्काइवेलको नेपालका लागि आधिकारिक वितरक जी मोटर्सले नक्सालको नारायणचौरमा अब प्रिमियम ईभी स्काइवेलको शोरुम सञ्चालनमा आउने भएको छ ।
उक्त शोरुम आगामी दुई साताभित्रै औपचारिक रुपमा सञ्चालनमा आउने कम्पनी स्रोतको भनाइ छ ।
हाल जी मोटर्सले नेपाली बजारमा स्काइवेलको प्रिमियम ईभी ईटी५ बिक्री–वितरण गरिरहेको छ ।
स्काइवेल ईटी५ मा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । यसममा १५० किलोवाट क्षमताको विद्युतीय मो टर रहेको छ । यसको मूल्य १ करोड ९ लाख रुपैयाँ तोकिएको छ ।
सो एसयूभी विशेष गरि इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर ईभी प्ल्याटफर्ममा बनेको हो।
स्काइवेल ईटी५ ले नेपाली बजारमा सबैभन्दा बढी रेन्ज अर्थात सिंगल चार्जमा ६२० किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।