नेपालमा भीजी इम्पेक्सले जीडब्लुएमका सवारी साधन बिक्री–वितरण गरिरहेको ग्रेटवाल मोटर (जीडब्लुएम) ले जुन २०२४ को सेल्स डाटा सार्वजनिक गरेको छ ।
यस अनुसार जनवरीदेखि जुनसम्मको अवधिमा जीडब्लुएमले ५ लाख ५९ हजार ६६९ गाडी बिक्री गरेको छ, जुन गत वर्षको यही अवधिको तुलनामा ७.७९ प्रतिशत बढी हो ।
त्यसैगरी जनवरी देखि जुन सम्मको अवधिमा जीडब्लुएमले २ लाख १ हजार ५ सय युनिट गाडी अन्तर्राष्ट्रिय बजारमा बिक्री गरेको छ ।
यो गत वर्षको यही अवधिको तुलनामा ६२.५९ प्रतिशत बढी हो ।
जुन महिनामा मात्रै कम्पनीले ३८ हजार १०४ युनिट गाडी अन्तर्राष्ट्रिय बजारमा बिक्री गरेको छ, जुन मासिक रुपमा हुने ओभरसिज सेल्समा नयाँ रेकर्ड हो ।
पछिल्लो समयमा जीडब्लुएमले अन्तर्राष्ट्रिय स्तरमा तीव्र रुपमा बजार विस्तार गरिरहेको छ । सन् २०२३ मा पहिलो वर्ष भन्दा ८० प्रतिशत बढी अर्थात ३ लाख युनिट बिक्री भएको थियो ।
लामो समय देखि गरिएको योजना र समयमै गरिने बजार समायोजनमा यसमा भूमिका खेलेको कम्पनीको भनाइ छ ।
सन् २०२२ मा जीडब्लुएमले ‘वान जीडब्लुएम’ ग्लोबल स्ट्राटेजी लन्च गरेको थियो ।
त्यसैगरी सन् २०२३ मा अन्तर्राष्ट्रिय बजारमा लगानी थप्दै ‘इकोसिस्टम ओभरसिज’ स्ट्राटेजी लिएर सन् २०२४ का लागि ५ लाख युनिट बिक्री गर्ने लक्ष्य तय गरेको छ ।
गत वर्ष जीडब्लुएमका अन्तर्राष्ट्रिय स्तरमा ७ सय डिलरसिप भएकोमा यो वर्ष १ हजार पुगेका छन् । स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नका लागि ‘इकोसिस्टम ओभरसिज’ स्ट्राटेजी पनि कायम छ ।
गत जुन २६ मा जीडब्लुएमले उज्वेकिस्तानमा अपरेसन प्लान्ट सञ्चालन गरेको छ भने इन्डोनेसिया, मलेसियामा विभिन्न प्रोजेक्ट चलिरहेका छन् ।
यो वर्ष समेत यस्ता सुविधा विस्तार हुने क्रममा रहेको कम्पनीको भनाइ छ ।
नेपाली बजारमा ह्यावल एच६, ह्यावल जोलायन, पोवर र विंगल ५ पिकअप तथा ओरा ३ ईभी रहेका छन् ।