नेपालको ६४ वर्ष पुरानो अटोमोबाइल्स कम्पनी, नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु वृद्धि कमर्सियल भेइकल्सले नयाँ ईभी सोकोन ईसी थर्टी सिक्स यात्रु भ्यानको यहि मंगलबार लन्च गरेको छ ।
सोकोन चीनका अधिकारीहरुको पनि उल्लेख्य सहभागिता रहेको सो कार्यक्रममा वृद्धि कमर्सियल भेइकलका प्रमुख कार्यकारी अधिकृत तुषार गुप्ता र महानायक राजेश हमालले संयुक्त रूपमा सोकोन ईसी थर्टी सिक्सका पहिलो ४१ जना ग्राहकहरूलाई चाबी हस्तान्तरण गरेका थिए ।
सो अवसरमा ग्राहकहरूसँगै केक काटेर शुभ अवसरको उत्सव समेत मनाइएको थियो ।
कम्पनीले हालसम्म २२ वटा चार्जिङ स्टेशनहरु जडान गरिसकेका छन् भने केही महिना भित्र नैं ५५ वटा चार्जिङ स्टेशनहरु पुर्याइने र सोकोनको स्पेयर पार्टस्हरु प्रशस्त रहेको जानकारी दिएको छ ।
सोकोन ईसी थर्टी थ्री भ्यानको मूल्य ४५ लाख ५० हजार रुपैयाँ तोकिएको छ । सो ११ सिटे ईभी भ्यानले ३०० किलोमिटरको रेन्ज प्रदान गर्ने कम्पनीको भनाइ छ ।