विद्युतीय गाडीमा कर बढ्यो

सरकारले विद्युतीय गाडीमा लाग्ने भन्सार शुल्क र अन्तःशुल्क बढाएको छ ।

अर्थमन्त्री वर्षमान पुनले संसदमा प्रस्तुत गरेको बजेट अनुसार विद्युतीय गाडीमा लाग्ने भन्सार र अन्तःशुल्क बढाएका हुन् ।

पहिले ५० किलोवाटसम्मको गाडीमा १० प्रतिशत भन्सार शुल्क लाग्ने गरेकोमा त्यसलाई बढाएर १५ प्रतिशत पुर्याइएको छ । अन्तःशुल्कमा पहिले नै छुट थियो ।

अहिले यसलाई ५ प्रतिशले बढाइएको छ । यस अनुसार यो सेगमेन्टका गाडीमा समग्रमा १० प्रतिशत कर बढाइएको छ ।

यस्तै ५१ देखि १०० किलोवाटसम्मको गाडीमा १५ प्रतिशत लाग्ने भन्सार शुल्कलाई १५ प्रतिशतबाट २० प्रतिशतसम्म पुर्याइएको छ भने अन्तःशुल्कलाई पनि १० बाट १५ प्रतिशत पु¥याइएको छ । यस अनुसार यी गाडीमा समग्रमा १० प्रतिशत नै कर बढेको छ ।

१०१ देखि २०० किलोवाटसम्म मोटर क्षमता भएका विद्युतीय कारमा २० प्रतिशत रहेको भन्सार दरलाई ३० प्रतिशत बनाइएको छ।

अन्तःशुल्क भने पहिलेकै २० प्रतिशत कायम छ,  यसमा पनि समग्रमा १० प्रतिशत नै कर बढेको छ ।

३ सय किलोवटाभन्दा बढीको विद्युतीय गाडीमा लाग्ने भन्सार शुल्क ६० प्रतिशतबाट ८० प्रतिशत बनाइएको छ ।

त्यसैगरी अन्तःशुल्क ६० बाट घटाएर ५० प्रतिशत बनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *