सवारीको सडक सुधार शुल्क बढ्यो, सवारी साधन अझै महंगो हुने

सरकारले सार्वजनिक गरेको बजेटमार्फत भारत, चीन र सार्क देशहरुबाट आयात गर्दा लाग्ने भन्सार महशुलमा दिदै आएको छुटलाई हटाएको छ ।

यसअघि भन्सार दर अनुसार ३ देखि ५ प्रतिशतसम्म छुट हुँदै आएकोमा प्रस्तुत बजेटले यसलाई हटाएको हो ।

अब विगतमा जस्तो भन्सार महशुलमा छुट कुनै पनि देशबाट हुने आयातमा पाउन सकिने छैन ।

यसले मोटरसाइकल, कार तथा अन्य सवारीसाधनमा लाग्ने भन्सारमा केही फरक पर्नेछ ।

त्यसैगरी आगामी आर्थिक वर्षको बजेटमार्फत सरकाले डिजेल-पेट्रोल गाडीको सडक सुधार शुल्क बढाएको छ ।

अर्थमन्त्री वर्षमान पुनले १ हजार सीसी, १५ सय सीसी र २ हजार सीसीका गाडीमा सडक सुधार शुल्क बढाएका हुन् ।

यसअघि यस्ता सवारी साधनको सडक सुधार शुल्क ८ प्रतिशत थियो । बजेट भाषणपछि भने यी सवारीको सडक सुधार शुल्क १० प्रतिशत पुगेको छ ।

यसको प्रत्यक्ष असर उपभोक्तालाई नै पुग्ने छ । अन्ततः प्रत्यक्ष रुपमा बढी पैसा तिरेर सवारी साधन किन्नु पर्ने अवस्था हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *