महिला ट्राफिक प्रहरीले चार दिन सडकमा ड्युटी गर्न नपर्ने

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले महिला ट्राफिक प्रहरीलाई महिनावारीका चार दिन सडकमा ड्युटी गर्न नपर्ने घोषणा गरेका छन् ।

गणतन्त्र दिवसका अवसरमा, सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले यस्तो घोषणा गरेका हुन् ।

महिनावारीमा महिलालाई सडकमा ड्युटी दिएर उनीहरुको सट्टा मापसेलगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरुलाई सडकमा खटाइने उनले बताएका छन् ।

उनले भनेका छन्, ‘गणतन्त्र दिवस अवसरमा शुभकामनासहित एउटा सानो प्रयास: अबदेखि महिला ट्राफिक प्रहरीहरुले महिनावारीका ४ दिन सडकमा ड्युटी गर्नु पर्दैन, मापसेलगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरुले स्वय: सेवकका रुपमा उहाँहरुको  साटो सडकमा सघाउनुहुनेछ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *