जिहो एई ६ प्लस स्कुटर सार्वजनिक

सीएफ मोटो तथा जिहो स्कुटरको नेपालका लागि आधिकारिक वितरक ऋषि ट्रेड सेन्टरले जिहो एई ६ प्लस स्कुटर सार्वजनिक गरेको छ ।

कम्पनीले ‘जिहो एई-६ प्लस’ प्रिमियम स्कुटरको डबल ब्याट्री भर्सन जिहोले १६० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ ।

यसको मूल्य ३ लाख ९४ हजार ९०० रुपैयाँ निर्धारण गरेको छ ।

चिनियाँ कम्पनी जिहोको उत्पादन एई-६ एग्रेसीभ मस्कुलर डिजाइनमा तयार भएको स्कुटर हो ।

यो स्कुटरको फ्रन्टमा ठूलो फेन्डर दिइएको छ । यसले स्कुटरको फ्रन्ट टायरसम्मै ढाकेको छ ।

यसको साइड प्यानलमा नौलो डिजाइनको टर्न इन्डिकेटर दिइएको छ । त्यस्तै रियरमा आकर्षक एलइडी ब्रेक लाइट पाउन सकिन्छ ।

कम्पनीले नेपालमा बिक्री सुरु गर्ने तयारी गरेको एई-६ स्कुटरमा ५.५ किलोवाट पीक पावर क्षमताको मोटर रहेको छ ।

यसको टप स्पीड क्षमता ८० किलोमिटर प्रतिघण्टा रहेको छ । यसमा १.५ किलाेवाट क्षमताकाे  ‘रिमुभेवल लिथियम आयोन’ डबल ब्याट्री पाउन सकिन्छ ।

आइडियल कन्डिसनमा स्कुटरलाई एक पटकको फुल चार्जमा १६० किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *