आधिकारिक वितरकका रुपमा नियुक्त भएसंगै सिजी मोटर्सले स्वदेशमै एसेम्वल गरी हिरोका तीनवटा मोटरसाइकल र स्कुटरको बिक्री सुरु गरेको छ ।
सिजी मोटर्सले नयाँ यात्राको सुरुवात गरेको हो ।
कम्पनीले नक्सालमा हिरोको फ्ल्यागसिप शोरुम समेत बनाइसकेको छ भने देशभर डिलर नेटवर्क समेत विस्तार गरिसकेको जनाएको छ ।
कम्पनीले सुरुवातमा सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस, एक्सपल्स २०० फोरभी र नयाँ स्कुटर जुमलाई नवलपरासीस्थित प्लान्टमा एसेम्वल गरी बिक्री सुरु गरेको हो ।
जसमध्ये मोटरसाइकलको मूल्य क्रमशः २ लाख ४० हजार ५००, २ लाख ६ हजार ९०० र ४ लाख ५० हजार ९०० रुपैँया निर्धारण गरिएको छ भने दुईवटा भेरिएन्टमा आएको जुम स्कुटरलाई २ लाख ४९ हजार ९०० र २ लाख ५९ हजार ९०० तोकिएको छ ।
सहकार्यको बारेमा आफ्नो धारणा राख्दै हिरो मोटोकर्पको ग्लोबल बिजनेस युनिटका चिफ बिजनेस अफिसर सञ्जय भानले भने, ‘नवीनता र प्रविधि आफ्नो मूल मन्त्रका साथ, हिरो मोटोकर्प विश्वभरका आफ्ना ग्राहकहरूलाई विश्वस्तरीय उत्पादनहरू र अनुभवहरू प्रदान गर्न प्रतिबद्ध छ ।
यस सहकार्य हिरो मोटोकर्प, सीजी मोटर्स र नेपालका लागि उत्साहजनक क्षण हो।
यस अत्याधुनिक एसेम्बली युनिटले हाम्रा विश्वस्तरीय उत्पादनहरू अब नेपालमा नै बनाइने र देशभरका ग्राहकहरूका लागि सजिलै उपलब्ध हुने सुनिश्चित गर्नेछ ।’
‘सेल्स र सर्भिस नेटवर्कको द्रुत विस्तारले हामीलाई हाम्रा विश्वस्तरीय उत्पादनहरू र सेवाहरूसँग बजार जोड्न सक्षम बनाउँछ ।
हाम्रो साझेदार सीजी मोटर्ससँगै नेपालमा हाम्रो नयाँ फोकसले नेपालप्रतिको हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ, जुन हाम्रो लागि निकै महत्त्वपूर्ण बजार हो’ उनले भने ।
त्यस्तै चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सीजी मोटर्सका लागि यो विशेष क्षण रहेको बताए ।
उनले भने, ‘हामी हाम्रो एसेम्बली सुविधाको उद्घाटन गर्न र यी नयाँ उत्पादनहरू लन्च गर्न पाउँदा उत्साहित छौँ ।
हिरो मोटोकर्पको उत्पादन तथा व्यापार प्रक्रियाका विश्वस्तरीय दक्षता हाम्रो सञ्चालन विस्तार गर्नका लागि हामीलाई धेरै लाभदायक हुनेछ । अब हामी देशभर एक बलियो बजार उपस्थिति निर्माण गर्न तत्पर हुनेछौँ ।’