पृथ्वी राजमार्गमा दैनिक आठ हजार सवारीसाधन गुड्ने

पर्यटकीय राजधानी पोखरालाई जोड्ने मुख्य सडक पृथ्वी राजमार्गको पोखरा खण्डमा दैनिक आठ हजार सवारीसाधन गुड्ने अनुमान छ ।

साढे दुईदेखि तीन घण्टामा पार गर्न सकिने खण्डमा अहिले सात घण्टासम्म लाग्ने गरेको छ ।

सुस्त गतिमा काम भएको भन्दै पोखराका पर्यटन व्यवसायीले कामको गति बढाउन निरन्तर खबरदारी गर्दै आएका छन् ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले निर्माणको काम विगत ५–६ महिनाको तुलनामा धेरै बढेको भए पनि सन्तुष्ट जनाउन सक्ने अवस्था नरहेको बताए ।

होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले यसअघि जे भए पनि हाल भइरहेको कामलाई अझै तीव्रता दिनुपर्ने बताए ।

सडक निर्माण सम्पन्न भएपछि पोखराको मात्र नभएर समग्र देशको आर्थिक क्षेत्र चलायमान बनाउन सहयोग पुग्ने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *