सिद्धार्थ राजमार्ग आजदेखि पूर्णरूपमा खुल्यो

पाल्पाकाे सिद्धबाबामा सुरुङ खन्न रातमा बन्द हुँदै आएको सिद्धार्थ राजमार्ग आजदेखि पूर्णरूपमा खुलेको छ ।

पाल्पाको सिद्धबाबामा सुरुङ खन्न दैनिक छ घण्टा राजमार्ग बन्द हुँदै आएकोमा आजदेखि खुलेको हो ।

गएको पुस १६ गतेदेखि दैनिक राति १० बजेदेखि बिहान ४ बजेसम्म राजमार्ग बन्द हुँदै आएको थियो ।

सिद्धबाबा सडक खण्डमा बारम्बार पहिरो खसेर दुर्घटना बढेपछि विकल्पका रूपमा सुरुङ बनाउन थालिएको हो ।

पाँच वर्षभित्र निर्माण सक्ने गरी २०७८ सालकाे फागुनमा ठेक्का सम्झौता भएको थियो ।

आयोजनाका अनुसार अहिलेसम्म भौतिक प्रगति झण्डै १२ प्रतिशत मात्रै छ ।

सिद्धबाबा मन्दिर नजिकैबाट सुरुङ छिरेर पाल्पातर्फ तिनाउ जलविद्युत् छेउमा निस्कन मिल्छ ।

चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनियरिङ कम्पनीले सुरुङ निर्माणको ठेक्का लिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *