निसानको सबै मोडलमा नयाँ वर्ष अफर

निसानको नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले नयाँ वर्ष २०८१ को अवसरमा निसानको नयाँ गाडी खरिद गर्दा ६ लाखसम्म नगद छुट र ३ लाखसम्म एक्सचेन्ज बोनस पाइने भएको छ ।

नयाँ वर्ष अफर नगद छुटमा केन्द्रित ल्याएर यस्तो अवसर प्रदान गरेको हो ।

नगद छुट र एक्सचेन्ज वोनसको साथ ग्राहकले १ वर्षको इन्स्युरेन्स तथा एक वर्षकै रोड ट्याक्स समेत निशुल्क पाउनेछन् ।

उक्त अफर निसानको सबै मोडलमा लागु हुने बताइएको छ ।

निसानको हाल नेपाली बजारमा म्याग्नाईट, किक्स र एक्स–ट्रायल मोडलका एसयूभी उपलब्ध छ भने पिक अपमा नभरा तथा इलेक्ट्रिक सेडान लिफ बिक्री हुँदै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *