नेपालमा बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले नयाँ वर्ष २०८१ को अवसरमा ‘बजाज नव आरम्भ’ अफर ल्याएको छ ।
यस अन्तर्गत कम्पनीले नयाँ वर्ष, नयाँ बजाज, नयाँ आरम्भको रुपमा विभिन्न अफर प्रदान गर्ने भएको छ ।
बजाजका कुनै पनि मोटरसाइकल किन्ने ग्राहकले नयाँ वर्ष २०८१ मा स्योरसट डिस्काउन्ट पाउने छन् भने हरेक हप्ता १ लाख रुपैयाँ सम्म जित्ने मौका हुनेछ ।
यसरी मोटरसाइकल किन्ने ग्राहकले मोडल अनुसार शुरुमा मूल्यको ३० प्रतिशत मात्र रकम डाउन पेमेन्टको रुपमा बुझाउन र बाँकी रकम ३६ महिना सम्म किस्ताबन्दीको रुपमा तिर्न सक्ने छन् ।
नेपालमा बजाजका विभिन्न मोडल उपलब्ध छन् , हाल बजाजका अधिकांश मोडल नेपालमै एसेम्बल हुने गरेका छन् ।