‘मोटोखाना’ मा बाइकर ऋषभ शर्मा र अनुष्का शर्मा विजयी

मुक्तिनाथ नजिकै ३ हजार ५० मिटर उचाइमा रहेको सेल्फीडाँडामा राइडरबीच टाइम ट्रेल च्यालेन्ज ‘मोटोखाना’ बाइक रेस प्रतियोगिता भएको थियो ।

उक्त प्रतियोगितामा बाइकर ऋषभ शर्मा र अनुष्का शर्मा विजयी भएका थिए ।

उनीहरू पोखरामा पुरस्कृत गरिएको छ । सबै राइडरलाई गिफ्ट ह्याम्पर र प्रमाणपत्र प्रदान गरियो ।

ऋषभ र अनुष्कासहित अपूर्व बैकडी, शान्तहरि आचार्य, सरोज महर्जन, सञ्जितराम श्रेष्ठ, रौनक अधिकारी, ईश्वरवल्लभ उप्रेती, दीपेन्द्रकुमार खड्का र सुनिल श्रेष्ठ प्रतियोगितामा सहभागी थिए ।

उनीहरूलाई नेपाल अटोमोबाइल्स एसोसिएसन मोटरसाइक्लिङ कमिसनका संयोजक अनिल बराल, गण्डकी अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष शिव श्रेष्ठलगायतले पुरस्कृत गरे ।

ट्रान्स–हिमालय एड्भेन्चरअन्तर्गत सेल्फी च्यालेन्ज तथा सेफ राइडिङ र ट्यालेन्ट हन्टसम्बन्धी विभिन्न कार्यक्रमसमेत आयोजना गरिएको छ ।

राइडरहरु एड्भेन्चर स्पोर्टस, टु ह्विल टुरिङ र सेफटी राइडिङ सम्बन्धी लाइभ स्ट्रिम, फोटोकथा, सेल्फी तथा भिडियो कन्टेस्ट, आर्टिकलसिप आदिमा सहभागी भएका छन् र विजेताहरुलाई केही समय पछि पुरस्कृत गरिने बताइएको छ ।

राष्ट्रिय खेलकुद परिषद्ले साहसिक खेलकुदमार्फत दिगो पर्यटन प्रवर्द्धनको हेतुले लामो समयदेखि साहसिक खेललाई प्रवर्द्धन गरिरहेको छ ।

माउन्टेन स्पोर्ट्स फेस्टिभलअन्तर्गत दिगो पर्यटनको लागि टु ह्विल टुरिङलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ साहसिक खेलकुदको रूपमा समेत यसलाई लिइएको छ ।

सेफ्टी राइडिङको सन्देश समेत फैलाउन सहयोग पुग्ने गरी अन्य विभिन्न कार्यक्रम समेत गरिएको छ ।

राष्ट्रिय खेलकद परिषद् र अन्तर्राष्ट्रिय मोटरसाइकल फेडरेसनको सहयोग तथा गण्डकी अटोमोबाइल्स एसोसिएसनको प्राविधिक सहयोगमा कार्यक्रम भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *