मोटो इन्डुरो क्रस च्याम्पियनसिप २०२४ सम्पन्न

मोटरसाइकल टुरिङ र रेसिङ अर्थात ट्रान्स–हिमालय एड्भेन्चर मुस्ताङको मुक्तिनाथ पुगेर पोखरा आएर समापन भएको छ ।

गत सोमबार काठमाडौंबाट प्रस्थान गरेका राइडरहरुको टोली पोखरा, बेनी हुँदै मुक्तिनाथ पुगेका थिए भने फेरि बेनी हुँदै पोखरा पुगेका हुन् ।

पोखरामा आयोजना भइरहेको मोटो इन्डुरो क्रस च्याम्पियनसिप २०२४ भ्रमण गरी सो राइड समापन गरियो ।

यो भन्दा पहिले मुक्तिनाथ नजिकै ३ हजार ५० मिटर उचाईमा रहेको सेल्फी डाँडामा राइडरहरुका बिच टाइम ट्रेल च्यालेन्ज ‘मोटोखाना’ बाइक रेस प्रतियोगिता समेत आयोजना गरियो।

उक्त प्रतियोगितामा बाइकर ऋषभ शर्मा र अनुष्का शर्मा विजयी भएका थिए, त्यसैगरी सबै राइडरहरुलाई समेत प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्रदान गरियो ।

सो प्रतियोगितामा ऋषभ शर्मा र अनुष्का शर्माका साथै अपूर्व बैकडी, शान्त हरि आचार्य, सरोज महर्जन, सञ्जित राम श्रेष्ठ, रौनक अधिकारी, ईश्वर वल्ल्भ उप्रेती, दिपेन्द्रकुमार खड्का र सुनिल श्रेष्ठ, सहभागी भएका थिए ।

उनीहरुलाई नेपाल अटोमोबाइल्स एसोसिएसन, मोटरसाइक्लिङ कमिसनका संयोजक अनिल बराल, गण्डकी अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष शिव श्रेष्ठ र मार्सल कमिसनका सदस्यद्वय प्रमोद श्रेष्ठ ‘गुफी’ र आशिष रौनियारबाट पुरस्कृत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *