यज्डीको “जीवनमा एकपटक मात्र पाइने अफर”

यज्डी मोटरसाइकलहरुको एक मात्र आधिकारिक विक्रेता अग्नि मोटोइंकले नयाँ वर्ष २०८१ को अवसरमा आफ्नो यज्डी स्क्र्याम्ब्लरमा जीवनमा एकपटक मात्र पाइने अफर ल्याएको छ ।

जसमा हरेक राइडरले अविश्वसनीय क्यास ब्याक र सबैभन्दा ठूलो छुट पाउनु हुनेछ ।

“हाम्रो शोरुममा आउने सबैले यज्डी स्क्र्याम्ब्लरलाई एकदम मन पराउनु भएको छ ।

उहाँहरुको यही उत्सुकतालाई साथ दिन हामीले नयाँ वर्षको अवसरमा यज्डी स्क्र्याम्ब्लरमा अविश्वसनीय क्याशब्याक र सबैभन्दा ठूलो छुट दिने योजना ल्याएको हौं,” अग्नि मोटोइंकका उप महाप्रबन्धक प्रत्युश श्रेष्ठले भन्नुभयो ।

अन रोड र अफ रोड सबै तिर चलाउन सकिने यो शक्तिशाली यज्डी स्क्र्याम्ब्लर उत्कृष्ट राइडको अनुभव चाहनेरुलाई लक्षित गरी ल्याइएको हो ।

यस मोटरसाइकलमा बिएससिक्स इन्जिन, परिष्कृत स्लिपर क्लच र अधिकतम सुरक्षाको लागि स्विच गर्न मिल्ने डुअल च्यानल एबिएस राखिएको छ ।

यो अफरमा मोटरसाइकल खरिद गर्नका लागि ग्राहकहरु हाम्रो उत्तरढोका, काठमाडौं तथा नेपालगञ्जमा रहेका हाम्रा शोरुमहरुमा जानुहोला ।

यज्डी स्क्र्याम्ब्लरको साथै कम्पनीले यज्डी एड्भेन्चर र यज्डी रोड्स्टर पनि बिक्रि वितरण गर्दै आएको छ ।

यज्डी मोटरसाइकल सन् १९६१ देखि राइडरहरुको मन जित्नै आएको मोटरसाइकल हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *