साँगा-धुलिखेलको यात्रा कष्टकर

लगातारको वर्षाले अहिले अरनिको राजमार्ग अन्तर्गत निर्माणाधिन साँगा – धुलिखेल सडकखण्डको यात्रा कष्टकर बनेको छ ।

सडक पुर्णरुपमा अवरुद्ध नभएपनि सडक चिप्लो हुँदा र खाल्डाखुल्डीमा पानी जम्दा तथा छेउकुनाको माटो बगेर सडकसम्म आउँदा यात्रा असहज भएको हो ।

अहिले अरनिको राजमार्ग अन्तर्गत साँगा धुलिखेल सडक खण्डमा लामो जाम रहेको छ । सडक अहिले पनि हिलाम्य छ ।

विस्तारका क्रममा रहेको सडकमा पानी परेपछि चिप्लो र हिलो हुँदा गाडी सुस्त गतिमा चल्ने गर्छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *