टाटा मोटर्सले भारतमा २०२१ मा लन्च गरिएको टाटा पन्चको नयाँ टाटा पन्च परीक्षणको क्रममा देखियो ।
यसको डिजाइन पन्च ईभीबाट प्रेरित हुने, यसमा नयाँ ग्रिल, एलईडी डीआरएल र नयाँ हेडलाइट हुनेछ, यसको रियर बम्परमा केही अपडेट हुनेछ ।
आफ्नो लोकप्रिय सब–४ मिटर एसयूभी पन्चको फेसलिफ्ट संस्करण लन्च गर्ने तयारी गरिरहेको छ ।
साथै यसमा नयाँ अलोय ह्विल समावेश गर्नेछ । सो एसयूभीले हुन्डाई एक्सटर, मारुती फ्रङ्क्स, सिट्रोन सी३, मारुती इग्निस, निसान म्याग्नाइट र रेनो काइगरसँग प्रतिस्पर्धा गर्नेछ ।
टाटा पन्च पहिलो पटक भारतमा २०२१ मा लन्च गरिएको थियो ।
त्यस पछि अगस्त २०२३ मा यसलाई ट्विन सिलिन्डर टेक्नोलोजीको साथ सीएनजी संस्करणमा लन्च गरियो ।
जनवरी २०२४ मा नयाँ लुक र फिचर सहित इलेक्ट्रिक भर्सनमा लन्च गरिएको थियो ।
सो कार माइक्रो एसयूभी सेगमेन्टमा सबैभन्दा सस्तो सीएनजी कार हो र यसले ग्लोबल एनक्याप क्रयास टेस्टमा ५ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ ।
सो कारले पेट्रोल मोडमा म्यानुअल ट्रान्समिसनको साथमा २० किलोमिटर प्रतिलिटर, अटोमेटिक ट्रान्समिसनमा १८ किलोमिटर प्रतिलिटर र म्यानुअल ट्रान्समिसनमा सीएनजी मोडमा २७ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीको दाबी छ ।