एमजी-४ स्पोर्टीको मूल्य ९ लाख सस्तो

एमजी मोटर्सको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले यसअघि ५८ लाख ९९ हजारमा बिक्री गर्दै लक्जरी भेरिएन्टलाई ४९ लाख ९९ हजारमा बिक्री सुरु गरेको हो ।

यसको सर्ट रेन्ज भेरिएन्ट कम्फर्टलाई भने कम्पनीले ४१ लाख ९९ हजारमा बिक्री गर्दै आएको छ । सर्ट रेन्ज भेरिएन्टमा ५१ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ ।

नयाँ आएको लक्जरी भेरिएन्टमा मोटर पावर वहेक अन्य फिचरमा कुनै कटौती गरिएको छैन ।

उक्त ईभीमा ६४ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ भने यसले सिंगल चार्जमा ४४० किलोमिटर रेन्ज दिने दावी गरिएको, यसको ग्राउन्ड क्लिरियन्स १६५ एमएम छ ।

यसमा दिइएको मोटरले १३५ पिएस पावर र २५० एनएम टर्क जेनेरेट गर्दछ ।

कारको टप स्पिड १६० किलोमिटर प्रतिघण्टा छ । १५० किलोवाटको डिसी फास्ट चार्जर समेत सपोर्ट गर्ने सो ईभीलाई ७ किलोवाट क्षमताको एसी चार्जरले ९ घण्टामा फुल चार्ज गर्न सकिन्छ ।

एसएआइएसीको ‘मोड्यूलर स्केलेबल’ प्लेटफर्मममा बनेको यो नयाँ कारमा १०.२५ इन्चको फ्लोटिङ कलर इन्फोटेन्मेन्ट सिस्टम, एलइडी डिआरएलएस सहितको प्रोजेक्टर हेडल्याम्प, ७ इन्चको डिजिटल डिस्प्ले, क्लाइमेट कन्ट्रोल, भेइकल–टु–लोड, ६ तवरले मिलाउन मिल्ने ड्राइभर तथा ४ तवरले मिलाउन मिल्ने प्यासेन्जर सिट, ५ वटा ड्राइभिङ मोड लगायत फिचर पाउन सकिन्छ ।

सुरक्षाका लागी कारमा ६ वटा एयरब्याग, एबिएस, इबीडी, इएसपी, इबिए, हिल एसिस्ट कन्ट्रोल र ३६० डिग्री क्यामेरा लगायत फिचर दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *