जी मोटर्सले नाडा अटो शोमा स्काइवेलको स्टल राखेर यसको बुकिङ खुल्ला गरेको थियो ।
नेपालमा सबैभन्दा बढी रेन्ज अर्थात सिंगल चार्जमा ६२० किलोमिटर रेन्ज दिने दावी गरिएको स्काइवेल ईटी५ करिव तीन दर्जन युनिट बुकिङ भएको दावी गरिएको छ ।
स्काइवेल ईटी५ मा ८५.९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ ।
यसमा १५० किलोवाट क्षमताको विद्युतीय मोटर रहेको छ ।
यसको मूल्य १ करोड ९ लाख रुपैयाँ हुने जानकारी पहिल्यै सार्वजनिक भइसकेको छ ।
सो एसयूभी विशेष गरि इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक र इन्टेलिजेन्ट जोयमा आधारित रहेर प्योर ईभी प्ल्याटफर्ममा बनेको हो।
हाल ४० युनिट सवारी साधन आइपुगेको जी मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले बताए ।