यो विद्युतीय कार डोङफेङको क्वान्टम आर्किटेक्चर एसथ्री प्लेटफर्ममा उत्पादन भएको हो। नामी ०१ को लम्बाइ ४ हजार ३० एमएम, चौडाइ १८ सय १० एमएम र उचाइ १५ सय ७० एमएम रहेको छ।
२६ सय ६० एमएम ह्वीलवेस रहेको यो कार स्वीफ्टभन्दा केही ठूलो आकारको छ।
मोबाइल रिमोट कन्ट्रोलसहित १२.८ इन्चको कन्ट्रोल प्यान यो कारमा छ। त्यस्तै गरि ब्लाइन्ड स्पर्ट मनिटरिङ, अटोनोमस पार्किङ, रिमोट पार्किङ, लेन किपिङ असिस्ट, क्रुज कन्ट्रोललयात विशेषतासहति दुई ड्राइभिङ मोड रहेको छ।
कारमा चालक बस्ने वित्तिकै उसको हाइट, बसाइलगायतका आधारमा अटोमेटिक रुपमा एडजस्ट हुने ‘वेलकम सिट’ विशेषतासमेत यो कारमा रहेको दाबी कम्पनीको छ। त्यस्तै गरि फ्रेमलेस विन्डो नामी ०१ मा छ।
दुई ब्याट्री अप्सन ३१.४५ र ४२.३ किलोवाट आवर ब्याट्री अप्सनमा यो कार चीनमा उपलब्ध छ। नेपाली बजारमा कुन मोडल आउने तय गरिनसकेको कम्पनीले जनाएको छ।
७० किलोवाटको मोटर जडान भएको यो कारको टप स्पीड १ सय ४० किलोमिटर प्रतिघण्टा रहेको छ।
चाइना लाइट–ड्युटी भेहिकल टेस्ट साइकल(सीएटीसी)को दाबीअनुसार ३१.४५ केडब्लूएच ब्याट्री भएको नामी ०१ ले फुल चार्जमा ३ सय ३० किलोमिटर र ४२.३ केडब्लूएच ब्याट्री भएकोले ४ सय ३० किलोमिटर रेन्ज दिने छ।
डीसी फस्ट चार्जरमार्फत ३० देखि ८० प्रतिशत चार्ज हुन जम्मा ३० मिनेट लाग्ने दाबी कम्पनीले गरेको छ।
एमएडब्लू ग्रुप पछिल्लो समय विद्युतीय सवारीको व्यापारमा केन्द्रित हुन थालेको छ। एमएडब्लू वृद्धिले चिनियाँ ब्रान्ड फोटोनका विद्युतीय भ्यान तथा पिकअप ट्रक, सेरेस ब्रान्डको विद्युतीय कार र चाङगनको सवब्रान्ड डिपलका विद्युतीय कार नेपाली बजारमा उपलब्ध गराएको छ।
त्यसैगरी अर्को एउटा ब्रान्डको विद्युतीय भ्यानसमेत ल्याउने तयारी गरिरहेको छ।
त्यस्तै एमएडब्लू ग्रुपअन्तर्गतका कम्पनीले नेपाली बजारमा हेभी इक्युपमेन्टदेखि मोटरसाइकल तथा कारदेखि लुब्रिकेन्टसम्मको व्यापार गर्दै आएको छ।