काठमाडौं- चिनियाँ ब्रान्डका विद्युतीय सवारी नेपाली बजारमा आउनेक्रम उल्लेख्य रुपमा बढेको छ।
योसँगै कम्पनीहरुले प्रतिस्पर्धी मोडलका साथै प्रतिस्पर्धी मूल्यमा पनि सवारी ल्याउन थालेका छन्।
यस्तैमा एमएडब्लू वृद्धि अटोकर्प प्रालिले नेपाल ल्याउन लागेको नामी ब्रान्डको नामी ०१ निकै प्रतिस्पर्धी मूल्यमा आउने भएको छ।
क्रसओभर सेगमेन्टको नामी ०१ विद्युतीय कार ३२ लाख रुपैयाँकै वरिपरी मूल्य निर्धारण हुने भएको छ। कम्पनीले ३० देखि ३४ लाख भित्रै यो कारको मूल्य तय गर्ने छ।
चिनियाँ सवारी उत्पादक समूह डोङफेङअन्तर्गतको सवब्रान्ड नामी एमएडब्लू वृद्धि अटोकर्पले नेपाल ल्याउने गरि केही समयअघि सम्झौता गरेको थियो।
नामी ब्रान्ड डोङफेङ मोटर कर्पोरेसनले २०२० मा स्थापना गरेको हो।
सतप्रतिशत स्वामित्व डोङफेङसँगै रहेको नामी ब्रान्ड पूर्णतः विद्युतीय सवारी ब्रान्ड हो।
कम्पनीले यो ब्रान्डलाई चीनसँगै अन्तर्राष्ट्रिय बजारमा जानलाई केन्द्रित गरेर बनाएको थियो।
एमएडब्लू वृद्धिले नामी ०१ मार्च अन्त्य वा अप्रिल महिना भित्र नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ।
क्रसओभर सेगमेन्टको नामी ०१ अत्याधुनिक विशेषतायुक्त रहेको कम्पनीले जनाएको छ।
Post Views: 266