भिडोल लुब्रिकेन्ट नेपालमा उत्पादन गर्ने

सन् २०१२ देखि नेपालमा उपलब्ध भिडोल लुब्रिकेन्ट अब भने नेपालमै उत्पादन हुने भएको छ ।

भारतमा टाइड वाटर आयल कम्पनी (इन्डिया) ले उत्पादन गर्ने भिडोल लुब्रिकेन्ट नेपालमा हालसम्म उपलब्ध भएकोमा अब भने नेपालमै यसको उत्पादन हुने भएको छ ।

तर भिडोल लुब्रिकेन्ट नेपालमा युनाइटेड लुब्रिकेन्टले उत्पादन गर्नेछ । भिडोल इन्टरनेसनल, युकेसँग यसका लागि सम्झौता सम्पन्न भइसकेको र छिट्टै नै नेपाली बजारमा उपलब्ध हुने युनाइटेड लुब्रिकेन्टका प्रबन्ध सञ्चालक दिपेन्द्र मिश्रले बताए ।

भिडोल इन्टरनेसनलसँग यसका लागि टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्ट भइसकेको र यसको ट्रेडमार्क प्रयोग गरेर भिडोल लुब्रिकेन्ट नेपालमै उत्पादन गरिने छ ।

युनाइटेड लुब्रिकेन्ट्स इन्डष्ट्रिज प्रालिले धनुषाको ढल्केवर–३ लालभित्ती चोकमा ल्युब आयल ब्लेन्डिङ प्लान्ट सञ्चालन गरेको छ ।

बहुराष्ट्रिय कम्पनीहरुको उत्पादन भन्दा नेपालमा उत्पादन हुने नयाँ लुब्रिकेन्टको गुणस्तरमा कमी नहुने मिश्रको दावी छ ।

अन्तर्राष्ट्रिय रुपमा उपलब्ध हुने एपीआई लगायतका विभिन्न गुणस्तर प्रमाण चिन्ह पाए बराबरको गुणस्तर यसमा हुनेछ ।

लुब्रिकेन्ट उत्पादनका लागि आवश्यक उपकरण तथा अन्य कच्चा पदार्थ सबै गुणस्तरीय हुनेछन् ।

अटोमोबाइल पार्ट्सको व्यवसाय गर्दै आएको अग्रणी कम्पनी सत्यदीप ग्रुपको अगुवाईमा युनाइटेड लुब्रिकेन्ट्स इन्डष्ट्रिजको स्थापना भएको हो ।

नेपालमा भिडोल लुब्रिकेन्ट मोटरसाइकल, कार, मिनीभ्यान, एसयूभी र कमर्सियल तथा अन्य विभिन्न सवारी साधनमा प्रयोग भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *