टाटा एसमा एकैपटक ८ लाख ५० हजार छुट

सिप्रदीले गत असोजमा नेपाल ल्याएको (मिनी ईलेक्ट्रिक ट्रक) टाटा एसले सोचेजस्तो बजार लिन नसकेपछि सिप्रदीले भारी रकम छुट दिएर एकैपटक ८ लाख ५० हजारले सस्तो भएको छ ।

यसअघि २९ लाख ५० हजार रुपैयाँ तोकिएको एस ईभीलाई ग्राहकले अब २० लाख ९९ हजारमै खरिद गर्न पाउनेछन् ।

सिप्रदी स्रोतका अनुसार छुट सिमित अबधीका लागीमात्र लागु हुनेछ ।

ग्राहकले मूल्य महंगो भएको र नेपाली सडकका लागी उपयुक्त नभएको भन्दै खरिदमा रुची नदेखाएपछि यो मिनी इलेक्ट्रिक ट्रकले बजार लिन सकिरहेको छैन ।

एस ईभीमा २१.३ किलोवाट आवरको ब्याट्री र २७ किलोवाट क्षमताको मोटर जडान गरिएको छ ।

यसलाई एकपटक फुल चार्ज गर्दा १६० किलोमिटर रेन्ज पाउन सकिने कम्पनी दाबी छ ।

एस ईभीको टप स्पिड ८० किलोमिटर प्रतिघण्टा र ग्राउन्ड क्लिरियन्स १६० एमएम छ । साथै यसको भार बोक्ने क्षमता ६०० केजी मात्रै छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *