किन भएन खर्च ?

राष्ट्रिय गौरवका आयोजना भए पनि सरकारबाट बजेट निकासा नहुँदा खर्च गर्न नसकेको बुढीगण्डकी जलविद्युुत् कम्पनीका प्रमुख कार्यकारी अधिकृत जगतकुमार श्रेष्ठको भनाइ छ ।

यसमा हाल जग्गाको मुआब्जा वितरणसम्बन्धी काम भइरहेको प्रतिवेदनमा उल्लेख छ ।

गत भदौबाट कार्यान्वयनमा प्रवेश गरेको एमिसी परियोजनामा पनि पुँजीगत काम हुन सकेको छैन ।

एमसिए नेपालले अहिले प्रसारणलाइन निर्माणका लागि पुनः टेन्डर गर्ने तयारी छ ।

सबस्टेसन निर्माणको टेन्डर भने प्राविधिक मूल्यांकनको चरणमा रहेको छ ।

यस्तै कारण एमसिए नेपालको खर्च न्यून देखिएको अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन् ।

अन्य दुई आयोजनामा पनि सोचेअनुरूप काम नहुँदा खर्च नभएको उनीहरूको भनाइ छ ।

निजगढ विमानस्थलको निर्माण मोडालिटी तय हुन बाँकी हुँदा खर्च हुन नसकेको अर्थ मन्त्रालयको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *