Skip to content
चालू आर्थिक वर्ष ०८०/८१ मा चार राष्ट्रिय गौरवका चार आयोजनाको खर्च लज्जास्पद देखिएको छ । ६ महिनामा ती आयोजनाको खर्च १ प्रतिशतभन्दा पनि कम छ ।
निर्माणाधीन २१ गौरवका आयोजनाको औसत खर्च भने २३.६१ प्रतिशत छ ।
समीक्षा अवधिमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल र १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत् आयोजनाले एक रुपैयाँ पनि खर्च गर्न सकेका छैनन् ।
यस वर्ष निजगढमा ३५ करोड र बुढीगण्डकीमा एक अर्ब बजेट विनियोजन भएको छ, तर वित्तीय खर्च शून्य नै छ ।
त्यसबाहेक मिलिनियम च्यालेन्ज एकाउन्ट (एमसिए) नेपाल र सासेक विद्युत् प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण आयोजनाको खर्च पनि लजास्पद छ ।
१० अर्ब ८४ करोड १७ लाख बजेट विनियोजन भएको एमसिए नेपालले पाँच करोड नौ लाख मात्रै खर्च गरेको छ, जुन ०.४७ प्रतिशत मात्रै हुन आउँछ ।
यसैगरी, तीन अर्ब ५० करोड बजेट विनियोजन भएको सासेक आयोजनाले २४ लाख मात्रै खर्च गरेको छ, जुन लक्ष्यको ०.०७ प्रतिशत मात्रै हो ।
अर्थ मन्त्रालयले गरेको बजेटको अर्धवार्षिक समीक्षा प्रतिवेदनले यस्तो देखाएको हो ।
Post Views: 168