सवारी लाइसेन्सको अवधि दस वर्ष हुने

सरकारले सवारी तथा यातायात व्यवस्था ऐन संशाेधन गर्दैछ ।

सवारी क्षेत्रमा विभिन्न परिवर्तनहरू भइरहेका छन्।

विधेयक मस्यौदामा सवारीको दर्ता, पुनः दर्ता, नामसारी, नवीकरण, विवरण हेरफेर र लगतकट्टा लगायतको विषय विभागले नभई प्रदेश कानुन बमोजिम हुने समेत व्यवस्था गरिएको छ।

त्यस्तै, सवारीचालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी पनि नयाँ व्यवस्था लागू हुने सम्भावना उच्च छ।

लाइसेन्सको बहाल अवधि दस वर्षको हुने व्यवस्था लागू गर्न खोजिएको हो। अहिले पाँच वर्ष छ।

म्याद नाघेको पाँच वर्षसम्म पनि थप दस्तुर बुझाई नवीकरण नगरेमा लाइसेन्स स्वतः रद्द हुने प्रस्ताव पनि अघि सारिएको छ।

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालका अनुसार सवारी तथा यातायात व्यवस्था विधेयक-२०८० को मस्यौदा निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

चलायमान रहने यो क्षेत्रको तीन दशकभन्दा अघिको सवारी तथा यातायात व्यवस्था ऐन-२०४९ लाई संशोधन गर्दै सवारी तथा यातायात व्यवस्था ऐन-२०८० जारी गर्न लागिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *