अब दुईपांग्रे सवारी चलाउन १८ वर्ष पूरा हुनुपर्ने

सरकारले सवारी तथा यातायात व्यवस्था ऐन संशाेधन गर्दैछ ।

सवारी क्षेत्रमा विभिन्न परिवर्तनहरू भइरहेका छन्।

विधेयक मस्यौदामा सवारीको दर्ता, पुनः दर्ता, नामसारी, नवीकरण, विवरण हेरफेर र लगतकट्टा लगायतको विषय विभागले नभई प्रदेश कानुन बमोजिम हुने समेत व्यवस्था गरिएको छ।

ठूला सवारी चलाउन चालकको उमेर २३ वर्ष र मझौला तथा साना चारपांग्रे चलाउन २१ वर्ष पूरा हुनुपर्ने व्यवस्था गरेको छ।

दुईपांग्रे (बाइक तथा स्कुटर) चलाउन भने १८ वर्ष पूरा हुनुपर्नेछ।

व्यावसायिक सवारी चालक अनुमतिपत्र प्राप्त गर्न कम्तीमा कक्षा ८ उत्तीर्ण गरेको हुनुपर्ने व्यवस्था गरिएको छ। यसअघि सामान्य लेखपढ भए पुग्ने व्यवस्था थियो।

हालसम्म विभागबाट जारी भइरहेको लाइसेन्स प्रदेश सरकार अन्तर्गतका निकायबाट जारी हुने व्यवस्था पनि विधेयक मस्यौदा समेटिएको छ।

यसका लागि प्रदेश सरकारसँग छलफल समेत भइसकेको र त्यहाँबाट सकारात्मक प्रतिक्रिया आएको विभागका महानिर्देशक उद्धवप्रसाद रिजाल बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *