एमजीमा १ लाख ४० हजार घट्यो

भारतमा एमजीको इन्ट्रि लेबल ईभी कोमेटको मूल्य ९९ हजार देखी १ लाख ४० हजार भारुसम्म कम गरेको हो ।

कोमेटलाई एमजीले पेस, प्ले र प्लस गरी कुल तीन भेरिएन्टमा उपलब्ध गराउँदै आएको छ ।

यी तीन भेरिएन्टको मूल्य यसअघि क्रमशः ७ लाख ९८ हजार, ९ लाख २८ हजार र ९ लाख ९८ हजार भारु निर्धारण गरिएको थियो ।

कोमेटको नयाँ मूल्य क्रमशः ६ लाख ९९ हजार, ७ लाख ८८ हजार र ८ लाख ५८ हजार भारु तोकिएको छ ।

पेसमा ९९ हजार तथा प्ले र प्लस भेरिएन्टमा १ लाख ४० हजार भारुका दरले मूल्य कम गरिएको हो ।

कोमेट इभीमा एमजीले १७.३ किलोवाट आवरको ब्याट्री प्याक र ३० किलोवाट क्षमताको पिएमएसएम मोटर दिएको छ ।

यो माइक्रो ईभीले एकपटकको सिंगल चार्जमा २३० किलोमिटर रेन्ज दिने दावी गरिएको छ ।

कोमेट नेपाली बजारमा समेत बिक्री हुँदै आएको मिनी ईभी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *