होन्डाको नयाँ साइनको बुकिङ खुला

होन्डाको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले नयाँ साइन मोटरसाइकल एसपी १२५ बीएस६ को बुकिङ खुला गरेको छ ।

बाइकमा १२३.९४ सीसी सिंगल सिलिन्डर, एयरकुल्ड, फ्युल इन्जेक्टेड इन्जिन छ, जसले १०.७ बीएचपी पावर र १०.९ एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिन ५ स्पिड म्यानुअल गियरबक्ससँग ट्युन गरिएको छ ।

केही समयका लागि सो मोटरसाइकलको मूल्य २ लाख ७८ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

ड्रम र डिस्क भेरिएन्टमा उपलब्ध हुने सो बाइक मध्ये डिस्क भेरिएन्टको मूल्य २ लाख ८८ हजार ९ सय रुपैयाँ हुनेछ ।

कम्पनीले सो मोटरसाइकल १२५ सीसीमा आउने सबैभन्दा प्रिमियम मोटरसाइकल भएको जनाएको छ ।

यसमा एलईडी हेडलाइट, फुल्ली डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, साइड स्ट्यान्ड इन्जिन कट अफ र साइलेन्ट स्टार्टर जस्ता फिचर रहेका छन् ।

यसको पछिल्लो भागमा भएको फराकिलो टायरका साथ उपलब्ध हुने एड्भान्स्ड ट्रयाक्सनले बेटर ब्रेकिङका साथ सेफ्टी प्रदान गर्छ ।

बाइकको एड्भान्स्ड लुक र एड्भान्स्ड डिस्प्लेले अन्य बाइक भन्दा फरक देखाउछ ।

करिव एक सातामै सो बाइक नेपालमा उपलब्ध हुने कम्पनी स्रोतको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *