सरकारको कमजोर नीतिका कारण भने समस्या

सुमन बस्याल – सँचालक

 

 

बुटवलको बुटवल औद्योगिक क्षेत्रमा २०४४ सालमा कुलर र लेगगार्डको उत्पादन गरी उद्योग शुरु गरेको सो उद्योगले आजको मिति सम्म आउँदा अन्य मुलुकबाट आउने लेगगार्डलाई करिब शतप्रतिशत नै विस्थापित गरेको छ ।

शुरुमा लेगगार्ड र कुलर उत्पालन गर्ने गरिएकोमा हाल आएर हेलमेट पनि उत्पादन भइरहेको छ ।

यो उद्योग लेगगार्ड र हेलमेट उत्पादन गर्ने नेपालको पहिलो उद्योग हो ।

रामप्रसाद बस्यालले शुरु गरेको उद्योगलाई अहिले उनका छोरा सुमन बस्यालले अगाडि बढाइरहेका छन् ।

दैनिक ४ हजार लेगार्ड र हेलमेट उत्पादन गर्ने क्षमता भएपनि अहिले दैनिक २५ सय मात्र उत्पादन भइरहेको उद्योगका सँचालक सुमन बस्यालले बताए ।

उद्योग शुरु गर्दाताका खासै बजार पाउन नसकेता पनि गुणस्तरमा कमि आउन नदिई अनवरत रुपमा गुणस्तरीय उत्पादनमा ध्यान दिएकाले हाल आएर आम उपभोक्ताको रोजाईमा परेको सँचालक बस्यालको तर्क छ ।

नेपालीहरुको बानी विदेशी वस्तु भने पछि हुरुक्क हुने तर नेपाली वस्तुप्रतिको चासो कम हुँदा शुरुका बर्षहरुमा केहि मेहनत गर्नुपरेको उनको भनाई छ ।

 

हेलमेटको अगाडिको शिशालाई लात्ताले हान्दा पनि नफुट्ने गरी गुणस्तर कायम गरिएको दावी उनको छ ।

हेलमेट राम्रो मात्र भएर नहुने भन्दै उनले यसलाई सुरक्षाको दृष्टिले पनि गुणस्तरीय हुनुपर्ने भएकाले आफ्नो ध्यान गुणस्तरमा नै रहेको बताए ।

तर सरकारको कमजोर नीतिका कारण भने समस्या भएको उद्योगका सँचालक सुमन बस्यालको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *