निजी सवारी साधनको आयु २५ वर्ष मात्र

नेपालमा सार्वजनिक यातायातका सवारी साधनको आयु तोकिए पनि निजी सवारी साधनको आयु यसअघि तोकिएको थिएन ।

नेपालमा सार्वजनिक यातायातका सवारी साधनको आयु २० वर्ष तोकिएको छ ।

तर यसको कार्यान्वयन नभइरहेका बेला गण्डकी प्रदेशले निजी सवारी साधनको पनि आयु तोकेको हो ।

सार्वजनिक सवारीसाधनको २० वर्षमै पत्रु कायम गरेर लगतकट्टा गर्नुपर्ने व्यवस्था राख्ने तर निजी सवारीसाधन जति वर्ष पनि चलाउन पाउने व्यवस्था असमान देखिएकाले निजी सवारी साधनको पनि आयु तोकिएको मन्त्रालय स्रोतको भनाई छ ।

यसअघि नियमावली जारी नहुँदा विसं २०७६ मा बनेको गण्डकी प्रदेशको सवारी तथा यातायात व्यवस्था ऐन कार्यान्वयनमा आएको थिएन । तर नियमावली जारी भएसँगै ऐन कार्यान्वयनमा आउने भएको छ ।

गण्डकी प्रदेश सवारी तथा यातायात नियमावली, २०८० ले निजी सवारी साधनको आयु २५ वर्ष मात्र तोकेको हो ।

नियमावलीमा विद्युतीय सार्वजनिक सवारी साधनको आयु भने ३० वर्ष तोकिएको छ ।

नियमावलीमा भनिएको छ, ‘विद्युतीय सार्वजनिक सवारी साधनको आयु ३० वर्ष तोकिएको र त्यसपछि पत्रु कायम गर्नुपर्ने व्यवस्था गरिएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *