काठमाडौंका सडकमा एक हजार २६ वटा स्मार्ट लाइट जडान

काठमाडौं महानगरपालिकाले एक हजार २६ वटा स्मार्ट स्ट्रिट लाइट जडान गरेको छ ।

महाराजगन्ज–लैनचौर–जमल खण्डमा तीन सय १८ वटा, महाराजगन्जको प्रहरी तालिम केन्द्र-बालुवाटार-नक्साल हुँदै माइतीघर मण्डलासम्म तीन सय ६३ वटा, कमलपोखरीदेखि गौशालासम्म एक सय ८१ वटा, त्रिपुरेश्वर-थापाथली-माइतीघर मण्डलासम्म ७६ वटा, चाबहिल-बौद्ध सडक खण्डमा ९९ वटा बत्ती जडान गरिएका हुन् ।

यी खण्डको प्रारम्भिक अध्ययनमा क्रमशः तीन सय ४०, तीन सय ७४, एक सय ९०, ७६ र ९२ वटा बत्ती जडान गर्नुपर्ने देखिएको थियो ।

महानगरपालिकाका इलेक्ट्रिकल इन्जिनियर पदमराज पौडेलका अनुसार स्थलगत आवश्यकताका आधारमा केही संख्या कम भएको हो ।

पौडेलका अनुसार फराकिलो सडकमा एक सय २० वाट र साँघुरो सडकमा ९० वाटका बत्ती जडान भएका छन् ।

यसरी काम गर्दा पुराना पोलमा केही बत्ती राखिएका छन् । ती पोलमा राखिएका बत्तीले प्रकाश नपुग्ने ठाउँमा नयाँ पोल थपिएका छन् ।

यसका लागि एक सय ७७ वटा पोल प्रयोग भएका छन् । बिजुली जडान गर्न ३० हजार सात सय १० मिटर तारको प्रयोग भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *