एक दशक अगाडिसम्म बागलुङका अधिकांश ग्रामीण क्षेत्र सडक सञ्जालले जोडिएका थिएनन्।
टाढा यात्रा गर्दा पैदल नै हिँड्नुपर्ने बाध्यता थियो।
सामान भने घोडा खच्चडमा ढुवानी गरिन्थ्यो। टाढा-टाढाबाट सामान ढुवानी गर्नका लागि निकै सहयोगी मानिने खच्चड हिजोआज कामविहीन जस्तै भएका छन्।
आफ्नो घर सडकभन्दा धेरैमाथि हुँदा घोडामै यात्रा गर्ने उनको भनाइ छ। सबैभन्दा बढी जंगलबाट घाँसदाउरा ओसार्न र बारीमा मल पुर्याउन खच्चड प्रयोग हुने गरेको सुनारले बताए।
गाउँमा सडक नआउँदा पसलका सामान ढुवानी गरेर मासिक रु. ४० हजार बढी कमाउने गरेको उनले सुनाए।
गाउँका टोलटोलमै सडक पुगेपछि घोडा, खच्चड पाल्नै गाह्रो भएको निसीखोला गाउँपालिका–५ निसेलढोरका तलकुमार विकले बताए।
अहिले पाँच घोडा पाल्दै आएको विकले बाउबाजेको पालादेखि नै घरमा घोडा खच्चड पाल्दै आएको हुँदा आफूले पनि त्यसलाई निरन्तरता दिएको जनाउँदै अहिले घाँस र दाना पुर्याउनै गाह्रो पर्ने उनको भनाइ छ।