अग्नि मोटो इंकको डिलर मिट २०२४ सफलतापूर्वक आयोजना

नागरकोट, नेपाल— अग्निग्रुप अन्तर्गतको अग्निमोटोइंकले “भविष्यलाई सँगै नेतृत्व गरौं” भन्ने नाराका साथ आफ्नो डिलर मिट २०२४ सोल्टी वेस्टएन्ड रिसोर्ट, नगरकोटमा सफलतापूर्वक आयोजना गरेको छ ।

वर्षौं देखिको सफल सहकार्यलाई अझ बलियो बनाउने उद्देश्यका आयोजित यस भव्य समारोहमा नेपाल भरिबाट पावरोल जेनसेटका डिलरहरूलाई आमन्त्रित गरिएको थियो ।

कार्यक्रममा सहभागीहरूले नेपाली उर्जा क्षेत्रमा कसरी अग्रणी भूमिका निभाउन सकिन्छ भन्ने विषयमा छलफल गर्नुभएको थियो ।

यस कार्यक्रममा विभिन्न समूहमा उत्कृष्ट डिलरहरूलाई पुरस्कृत पनि गरेको थियो ।

बजारमा महिन्द्रा पावरोलका ५ केभिए देखि ६२५ कभिएसम्मका २८ थरिका मोडलहरु उपलब्ध छन् ।

बलियो महिन्द्रा इन्जिनबाट बनेका यी पावरोल जेनेरेटरहरुमा उर्जा उत्पादनको लागि विश्व प्रसिद्ध युरोपियन प्रविधि लेरोय सोमर प्रयोग गरिएको छ ।

साथै, उत्कृष्ट इन्धन क्षमता, कम उत्सर्जन तथा विश्वसनीय पावर आउटपुटको लागि महिन्द्रा पावरोलले आफ्ना जेनेरेटरहरुमा विश्व विख्यात ब्राण्ड डिपिसि (डिजिटल पावर कन्ट्रोल) प्रयोग गरेको छ ।

कार्यक्रममा अग्नि ग्रुपका प्रबन्ध निर्देशक श्री क्याबिनेट श्रेष्ठ, महिन्द्रा पावरोलका इन्टरनेशनल बिजनेस हेड श्री समिर सच देवा, इन्टरनेशनल बिजनेस हेड राजीव शर्मा तथा महिन्द्रा पावरोल र अग्नि ग्रुपका विशेष अतिथिहरुले सहभागिता जनाउनुभएको थियो ।

उहाँहरुले कार्यक्रममा कसरी एउटा बलियो सहकार्य हुँदा अग्नि मोटोइंक तथा डिलरहरुले लगातार सफलता प्राप्त गर्दै अघि बढ्न सक्छन् भनेर आ—आफ्ना कुराहरु राख्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *