होण्डाको “होण्डा छ साथ साथ” अफर

होण्डा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनीले नयाँ अफर ल्याएको छ ।

‘होण्डा छ साथ साथ’ नामले आएको उक्त अफर अन्तर्गत ग्राहकले स्क्र्याचमार्फत ७ हजारसम्म नगद छुट र ७ वर्षसम्मकै नि:शूल्क सर्भिसिङ पाउनेछन् ।

नेपाली बजारमा सर्बाधिक बिक्री हुने ब्राण्डका रुपमा परिचित होण्डाको हाल नेपाली बजारमा कुल १५ वटा मोडलका मोटरसाइकल उपलब्ध छन् ।

होण्डाको सबैभन्दा सस्तो मोटरसाइकल सीडी १०० को मूल्य २ लाख ८ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ भने महंगो मोडल सीबीआर ६०० आरआरको ३४ लाख ५० हजार तोकिएको छ ।

यसैगरी स्कुटरमा डिओ ११०, डिओ १२५, ग्राजिया, एक्टिभा र एभिएटर मोडल उपलब्ध छन् ।

यी स्कुटरको मुल्य २ लाख २२ हजारदेखी ३ लाख १० हजार रुपैयाँसम्म निर्धारण गरिएको छ ।

होण्डाको अफर नेपालभर सञ्चालनमा रहेका शोरुममा लागु हुने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *