परियोजना सञ्चालनमा आउन भने थप एक वर्ष समय लाग्ने आयोजनाका परामर्शदाता रमेश कोइरालाले बताए । ‘यसमा सुरुङमार्ग ब्रेक थ्रु गरेर हुँदैन, भित्रको सडक ढलान गर्नुपर्ने हुन्छ ।
यसैगरी, सुरुङमार्गभित्र अक्सिजनको मात्रा मिलाउने, कन्ट्रोल सिस्टम बनाउने, टेलिफोन जडान गर्ने, रेस्क्यु सेन्टर बनाउने, लाइट जडान गर्ने, तापक्रम मिलाउनेलगायतका काम गर्नुपर्छ,’ उनले भने, ‘सम्पूर्ण निर्माण कार्य सम्पन्न भएपछि पनि सुरुङलाई सञ्चालनका लागि योग्य (स्टेबल) बनाउन थप न्यूनतम ६ महिना समय पर्खनुपर्छ ।’
यसका अलावा आयोजनाअन्तर्गतको फ्लाई ओभर बनाउने काम पनि बाँकी छ । त्यो सुरुङमार्ग अगाडि नै बनाउन सकिन्छ ।
यस्ता काम सम्पन्न गर्न थप एक वर्ष समय लाग्ने परामर्शदाता कोइरालाले बताए ।
‘आगामी मार्चमा बे्रक थ्रु हुँदा ०२५ को मार्चसम्ममा परियोजना सञ्चालनमा ल्याउन सकिन्छ,’ उनले भने । परियोजना तयार भएपछि केही महिना जापानलाई सञ्चालन गर्न प्रस्ताव पनि गरिएको छ ।
‘नेपालमा सुरुङमार्ग सञ्चालन गर्ने प्राविधिक जनशक्ति छैन, त्यो प्रकारको ज्ञान पनि हामीसँग छैन,’ महानिर्देशक ढकालले भने, ‘त्यसैले हामीलाई तालिम दिने गरी केही महिना जापानलाई सुरुङमार्ग सञ्चालन गर्न अनौपचारिक प्रस्ताव गरेका छौँ ।
आवश्यक ज्ञान र सीप हासिल गरेपछि नेपालले नै यो सञ्चालन गर्छाैँ ।’
यदि, यहीबीचमा आवश्यक तालिम प्राप्त भएमा सुरुदेखि नेपालले सुरुङमार्ग सञ्चालन गर्ने उनले बताए ।